7 years ago
September 29, 2018
बर्लिन (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखको जर्मन बुन्डेस लिगामा अपराजित यात्रामा पुर्णविराम लागेको छ । हर्था बर्लिनसँग २–० ले पराजित भएपछि बायर्नको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

हर्था बर्लिनको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई बुन्डेस लिगाको पहिलो हार चखाउन भेडाड इविसेभिक र अन्ड्रेज डुडाले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । २३औं मिनेटमा घरेलु टोली बर्लिनले पेनाल्टी गोल मार्फत खेलमा अग्रता बनाउन सफल भएको थियो ।
डुडाको प्रहार गोलरक्षक निउरले रोकेपनि बोटिङले जोगाउन खोज्दा डि–बक्सभित्र ह्यान्ड गर्न पुगेपछि बर्लिनले पेनाल्टीको मौका पाएको थियो । जसमा इविसेविक चुकेनन् ।
४४औं मिनेटमा लाजारोको पासमा डुडाले गोल गरेपछि बर्लिनले खेलमा २–० को अग्रता बनाउन सफल भएको थियो । डुडाको बुन्डेस लिगमा यो पाँचौ गोल हो । दोस्रो हाफमा म्युनिखसँग दवावमा खेलेपनि बर्लिनले आफ्नो अग्रता जोगाईराख्न सफल भयो ।
यता, म्युनिखले खेलभर घरेलु टोलीलाई दवावमा राखेपनि बर्लिनको बलियो रक्षापङ्ति तोड्न नसक्दा सिजनको पहिलो हार बेहोर्न बाध्य बन्यो । हारपछि पनि म्युनिख ६ खेलबाट १३ अंक जोडेर लिगको शीर्षस्थानमा यथावत् छ । समान १३ अंक भएपनि बर्लिन गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको डर्टमन्डको ११ अंक छ । उसले एक खेल कम खेलेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]