default_image

7 years ago

September 29, 2018

प्रिमियर लिगका अपराजित चेल्सी र लिभरपुल भिड्दै

141 views

0 Bookmark

लन्डन (एजेन्सी)– लन्डन क्लब चेल्सीले आज राति मर्सिसाइड क्लब लिभरपुललाई घरेलु मैदानमा निम्त्याउदैछ । चेल्सी र लिभरपुलबीचको खेल आज राति १०ः१५ बजे शुरु हुनेछ । यी दुई टोली पछिल्लो एक हप्तामा दुई पटक भिड्न लागेका हुन् ।

 

कारबाओ कपमा यि दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । एनफिल्डमा भएको खेलमा चेल्सीले घरेलु टोली लिभरपुललाई २–१ ले निराश पारेका थिए । लिभरपुललाई निराश पर्ने क्रममा हजार्डले उच्च प्रदर्शनसहित निर्णायक गोल गरेका थिए ।

प्रिमियर लिगको खेल भने चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुदैछ । घरेलु टोली चेल्सी लिभरपुललाई फेरि एकपटक निराश पार्दै अघि बढ्ने योजनामा मैदान उत्रनेछ । चेल्सीका लागि इडेन हजार्ड, एङ्गोलो कान्टे, विलियन र जर्गिन्हो मुख्य हतियार हुनेछ । चेल्सीले पछिल्लो चार भेटमा लिभरपुलसँग पराजित हुनुपरेको छैन । पछिल्लो चार भेटमा चेल्सीले दुई जित र दुई बराबरीको नतिजा निकालेको छ ।

यता, लिभरपुल चेल्सीलाई घरेलु मैदानमा पराजित गर्दै कारबाओ कपमा भोगेको हारको बदला लिने योजनामा हुनेछ । र प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुने छ । लिभरपुलका लागि रोबर्टो फिर्मिनो, साडियो माने, मोहम्मद सलाह र गोलरक्षक एलिसन बेकर मुख्य हतियार हुनेछ । पछिल्लो चार भेटमा निकाल्न नसकेको जिन्क तोड्ने लिभरपुलको योजना हुनेछ ।

प्रिमियर लिगमा अपराजित रहेको लिभरपुल शतप्रतिशत जितसहित १८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । अपराजित नै रहेको चेल्सी समान ६ खेलबाट १६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । १६ अंक नै रहेको साविकको विजेता म्यानचेस्टर सिटी गोल अन्तरमा चेल्सीभन्दा अघि छ ।

प्रिमियर लिगका अन्य खेलहरु
वेस्टह्याम युनाइटेड विरुद्ध म्यानचेस्टर युनाइटेड (साँझ ५ः१५ बजे)
आर्सनल विरुद्ध वाट्फोर्ड (साँझ ७ः४५ बजे)
एभर्टन विरुद्ध फुलहम (साँझ ७ः४५ बजे)
हडर्सफिल्ड टाउन विरुद्ध टोटनहम हस्टपर (साँझ ७ः४५ बजे)
म्यानचेस्टर सिटी विरुद्ध ब्राइटन एन्ड लहोभ अल्वियोन (साँझ ७ः४५ बजे)
न्यु क्यास्टल युनाइटेड विरुद्ध लेस्टर सिटी (साँझ ७ः४५ बजे)
वल्भरह्याम्पटन विरुद्ध साउथह्याम्पटन (साँझ ७ः४५ बजे)

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.