7 years ago
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षणबाट अलग नरहनेपनि तत्काल अखिल नेपाल फुटबल संघ (एन्फा) मा गएर काम गर्ने सम्भावना भने कम रहेको प्रशिक्षक राजुकाजी शाक्यले बताएका छन् ।
नेपालले दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ र हालको साग) मा दुई पटक स्वर्ण पदक जित्दा दुवै टोलीमा रहेका २ खेलाडी मध्ये एक शाक्यले आफ्नो खेल र प्रशिक्षण जीवनमा पटक पटक अपमानित हुनु परेको बताएका छन् ।
‘फुटबल खेलेर पछुताउनु परेको अवस्थामा पनि कुनै कुनै बेला पुगेको छु’ एक्सन स्पोर्टस्को फेयर प्लेमा शाक्यले भनेका छन्, ‘पटक पटकको अपमानका कारण मैले त्यस्तो भनेको हु । खेलाडी र प्रशिक्षकका रुपमा पटक पटक मैले त्यस्तो महसुस गर्नुपरेकोले कहिले काही त्यस्तो लाग्छ । तर, फुटबलबाहेक मेरो जीवनमा अरु केही छैन । ‘
सन् १९८४ र १९९३ मा नेपालले साफमा स्वर्ण पदक जित्दा शाक्य र उमेश प्रधान टोलीका सदस्य थिए । प्रधान अहिले सपरिवार अमेरिकामा छन् । आफुलाई फुटबल पागलको सज्ञा दिदै शाक्यले अहिलेको एन्फा कार्यसमितिको काम कारवाही सन्तोषजनक नै देखिएपनि समय समयमा देखिने विवादित प्रसंगले दुःख लाग्ने बताए ।
‘हिजो आफ्नो खुसी भयो भनेर परिवर्तनको नारासहित उहाँहरु आउनु भएको छ,’ शाक्यले भने, ‘आज फेरि प्रशिक्षक जानु पर्ने ठाँउमा पदाधिकारी आफै सेमिनारमा जानु हुन्छ भन्ने यो परिवर्तन भयो र ? साफ च्याम्पियनसिपसम्म आफ्नो करार हुँदा हुँदै एन्फाले विना जानकारी हटाउँदा अपमान महसुस गरेको उल्लेख गर्दै शाक्यले भने, ‘मलाई जिम्मेवारी हटाएको एउटा पत्र दिएको भए हुन्थ्यो । तर विना जानकारी त्यस्तो गरिएको ले राम्रो लागेन । ठिक छ हटाउने उहाँहरुको अधिकारी हो । मैले यसलाई सामान्य रुपमा लिने प्रयास गरेको छु ।’
अहिलेको एन्फा नेतृत्वले निर्वाचनमा अर्को पक्षमा लागेकै कारण आफुमाथि अन्याय गरेको प्रष्ट भएको पनि शाक्यले बताए । ‘पदाधिकारीले छलफलका क्रममा पनि अर्को पक्षलाई सहयोग गरेका कारण आफुहरुले सहयोग गर्न नसक्ने बताएका छन्,’ उनले थपे, ‘मलाई पहिला नै थाहा भइसकेको थियो । उहाँहरुले चुनाव जितेपछि मैले काम गर्ने वातावरण हुनेछैन । सायद अब फर्केर काम गर्ने अवस्था हुँदैन ।’
उनले लामो समयपछि लिग आयोजना हुनुलाई सकारात्मक कदमको रुपमा लिनुपर्ने उल्लेख गर्दै च्यासल युथ क्लबका प्रशिक्षक शाक्यले भने, ‘लिग र एन्फा सञ्चालनलाई अलग अलग चलाउने हो भने सायद लिग रोकिने अवस्था बन्दैन । अब लिग नरोकिने गरि हरेक वर्ष आयोजना होस् ।’
शाक्यसँगको अन्तवार्ता एक्सन स्पोर्टस्को फेयर प्लेमा दिउँसो ३ः३० र पुनः प्रसारण साँझ ८ः०० बजे हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]