7 years ago
September 29, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डीङ च्याम्पियन बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा एथलेटिक बिल्बाओविरुद्ध हारबाट जोगिएको छ । खेल सकिन ६ मिनेट अगाडी मुनिर एल हद्ददीले गोल गरेपछि बार्सिलोनाले बराबरी खेलेको हो ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा बिल्बाओले खेलमा अग्रता लिएको थियो । मार्केल सुसाएटाको क्रसमा ओस्कार डे मार्कोसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेको थियो । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कप्तान लिओनेल मेसीलाई बेन्चमा राखेर ओस्मान डेम्बेले, लुइस सुआरेज र फिलिपे कोउटिन्होलाई आक्रमणको पूर्ण जिम्मेवारी सुम्पिएका थिए ।
पहिलो हाफमा बिल्बाओका लागि इनाकी विलियम्सले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनले ६ यार्ड बक्सभित्र पाएको अवसरमा उचित निर्णय लिन नसक्दा बार्सिलोना खेलमा कायम रहेको थियो । त्यसपछि बार्सिलोनाले पनि अग्रता लिने अवसर गुमायो । लुइस सुआरेजले नेल्सन सेमेडोको पासमा गरेको प्रहारलाई उनाइ सिमोनले विफल पारेका थिए ।

खेलमा पछाडी परेपछि मेसी ५५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले आर्टुरो भिडालको स्थान लिंदै टोलीलाई थप आक्रामक बनाएका थिए । ८० औं मिनेटमा ओस्मान डेम्बेलेको ठाउँमा मैदान प्रवेश गरेका मुनिरले ४ मिनेटपछि नै बराबरी गोल गरेका थिए । उनलाई कप्तान मेसीले नै पास मिलाएका थिए । सुरुआती रोजाईका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसक्दा बार्सिलोनाका लागि वैकल्पिक खेलाडीले खेलमा राम्रो छाप बसाउँदै हार टारेका थिए ।
मेसीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेपछि निकै राम्रो पास निकालेका थिए । तर जोर्डी अल्बा, सुआरेजलगायत खेलाडीले मौकाको फाइदा उठाउन सकेनन् । मेसीले मैदान प्रवेश गरेको छोटो समयमै गोल गर्ने अवसर बनाएका थिए । कोउटिन्होको प्रहार पोस्टमा लागेर फर्केको थियो भने सुआरेजले सहज मौकामा बललाई पोस्टतर्फ पठाउन सकेनन् ।

खेल सकिएपछि रेफ्रीसँग वादविवाद गर्न पुगेका मेसीलाई पहेंलो कार्ड देखाइएको थियो । उनलाई स्वयंसेवकहरुले ड्रेसिङ रुमतर्फ जान आग्रह गरेका थिए । बार्सिलोना ७ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा छ भने रियल १ अंक र १ खेल कम ख्लेदै दोस्रोमा छ । रियलले आज राती एटलेटिको म्याड्रिडको सामना गर्नेछ । जित हात पारेमा रियल अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]