7 years ago
September 30, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा बार्सिलोनालाई उछिन्ने मौका पनि गुमायो ।

अघिल्लो साता सेभिल्ल्लासँग ३-० ले पराजित म्याड्रिडले यस खेलमा जित दर्ता गरेको अवस्थामा लिग तालिकामा २ गोलको अग्रता बनाउने अवसर थियो । शनिबारै भएको खेलमा बार्सिलोना र एथलेटिक बिल्बाओले १-१ को बराबरी खेलेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको पहलो हाफमा ग्यारेथ बेल चोट लाग्दै मैदान बाहिरिएका थिए । उनले त्यसअघि गरेको एक भली प्रहार पोस्टभन्दा थोरै बाहिर गएको थियो ।
एटलेटिको म्याड्रिडले पनि अग्रता लिने अवसरको उचित सदुपयोग गर्न सकेन । एन्टोइन ग्रिज्मनको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाएका थिए । अर्का फरवार्ड डिएगो कोस्टाको कठिन समय शनिबार पनि जारी रहयो । कोस्टाले पछिल्लो १६ खेलमा गोल गर्न सकेका छैनन् । शनिबार पनि उनले चेल्सीका पूर्व सहकर्मी कोर्टुवाविरुद्ध कुनै अवसरको उपयोग गरेनन् । उनले पछिल्लो सिजन पनि सिजनको अन्त्यमा खराब प्रदर्शन गरेपछि केहि समय बेन्चमा बसेका थिए ।

बेलको प्रस्थानपछि पनि रियलले नै दोस्रो हाफमा दबाब राखेको थियो । मारको एसेन्सियोको प्रहार एटलेटिकोका गोलरक्षक जान ओब्लाकले विफल तुल्याएका थिए भने ड्यानी कर्भाजाल पनि उनलाई बिट गर्न असफल रहे । रियलले बलमा धेरै पकड बनाउँदै पोस्ट आक्रमण निरन्तर गरेपनि अन्तिम समयसम्म पनि गोल गर्न सकेन ।
रियलले अब च्याम्पियन्स लिग अन्तर्गत मंगलबार सीएसकेए मस्कोको सामना गर्नेछ । एटलेटिकोले भने बुधबार सोहि प्रतियोगितामा क्लब ब्रुजासँग प्रतिस्पर्धा गर्नेछ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]