default_image

7 years ago

September 30, 2018

युभेन्ट्सद्वारा दोस्रो स्थानको नेपोली पराजित

115 views

0 Bookmark

टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार लिगको साविक विजेता युभेन्ट्सले दोस्रो स्थानको नेपोलीलाई ३-१ ले पराजित गरेको छ । लिगको लगातार सातौं जितसँगै युभेले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउन सफल भयो ।

नेपोलीले खेलमा उत्कृष्ट सुरुआत लिएपनि त्यसलाई बचाउन नसक्दा खेलमा पराजय भोग्नुपर्यो ।  ड्रीज मर्टेन्सले दशौँ मिनेटमा खाली पोस्टमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।  तर क्रिस्टियानो रोनाल्डोले आफ्नो स्तरअनुसार प्रदर्शन गर्दै खेल युभेको पोल्टामा पारे । युभेले गरेका तीनै गोलमा रोनाल्डोको हात रहेको थियो । मारियो मान्जुकीचले दुई गोलको योगदान दिएका थिए ।

खेलको २६ औं मिनेटमा रोनाल्डोको क्रसमा मान्जुकीचले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको सुरुआतमा रोनाल्डोको कडा प्रहार पोस्टमा लगेर फर्कंदा मान्जुकीचले रिबाउन्डमा सहजै गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नेपोली १० खेलाडीमा सिमित भयो । नेपोलीका मारको रुइ पाउलो डिबालालाई फल गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

लिओनार्डो बोनुचिले युभेको लागि तेस्रो गोल गरे । ७६ औं मिनेटमा रोनाल्डोको फ्लिकमा बोनुचीले गोल गरेका थिए । पछिल्लो ७ सिजन लिग उपाधिमा कब्जा जमाएको युभेले आठौँ उपाधि जित्ने लक्ष्य राखेको छ । तर त्यसका लागि युभेन्ट्सले फरवार्डहरुको दायरा फराकिलो पार्नुपर्ने देखिन्छ । यसै सिजन क्लबमा आएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अपेक्षित प्रदर्शन गरिरहेका छैनन् ।

हालसम्म सिजनका सबै खेल जितेको युभेका लागि रोनाल्डोले खेलेका ८ मध्ये २ खेलमा मात्र गोल गरेका छन् । शनिबार पनि उनले पाँच प्रहार पोस्टमा गरेपनि गोल गर्न भने असफल रहे । च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाएका कारण अर्को खेल गुमाउने रोनाल्डो लिगमा गोल गर्न आतुर छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.