default_image

6 years ago

October 3, 2018

‘ बार्सिलोना एक खेलाडीमा निर्भर छैन’ : कप्तान लियोनल मेसी

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाको यस सप्ताहमा निराशाजनक नतिजापछि क्लबका कप्तान लियोनल मेसीले टिम विश्वस्तरीय भएकाले एक खेलाडीमा निर्भर नहुनु पर्ने बताएका छन् । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो । उक्त खेलमा वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेसीले एकमात्र गोलमा असिस्ट गरेका थिए । केहि […]

25 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाको यस सप्ताहमा निराशाजनक नतिजापछि क्लबका कप्तान लियोनल मेसीले टिम विश्वस्तरीय भएकाले एक खेलाडीमा निर्भर नहुनु पर्ने बताएका छन् ।

स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो । उक्त खेलमा वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेसीले एकमात्र गोलमा असिस्ट गरेका थिए । केहि संचार माध्यमले मेसीबिना बार्सिलोना सफल हुन नसक्ने धारण व्यक्त गरेपछि मेसीले यस्तो अभिव्क्यति दिएका हुन् ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मेस्सी र मिडफिलडर सर्जिओ बुस्केटलाई बेच्नमा राख्ने निर्णय गरेका थिए । यस निर्णयप्रति क्लब समर्थकहरुले उनको आलोचना समेत गरेका थिए । प्रशिक्षक भालभेर्डेले वेम्बलीमा टोटनह्याम हटस्परविरुद्ध बार्सिलोनाको कठिन च्याम्पियन्स लिग खेललाई ध्यानमा राख्दै यस्तो निर्णय लिएका थिए । मेसी आफैं पनि यो निर्णयमा खुसि भने थिएनन् ।

यद्यपी उनले टोलीमा उनको अनुपस्थितिले खासै असर नपर्ने बताए । ‘टिममा राम्रो गुण र क्षमता छ । राम्रो नतिजाका लागि एक व्यक्तिमाथि निर्भर हुनुपर्ने अवस्था छैन,’ उनले थपे, ‘नतिजा राम्रो रहेन । तर, टिमलाई अगाढी बढाउन र प्रगती गर्न जारी राख्नु पर्नेछ । खेल जित्नका लागि एक खेलाडीमाथि निर्भर हुनु भएन ।’

बार्सिलोनाले च्याम्पियन्स लिगमा बुधबार टोटनहमको सामना गर्दैछ । पछिल्लो खेलमा बार्सिलोनाले पीएसभीलाई हराएको थियो भने टोटनहम इन्टर मिलानसँग पराजित भएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.