default_image

7 years ago

October 6, 2018

रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ?

100 views

0 Bookmark

लिस्बन (एजेन्सी) – अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् । 

ronaldo portugal

अघिल्लो साता मात्र एक अमेरिकी युवतीले सन् २००९ को घटनालाई लिएर उनमाथि बलात्कारको आरोप लगाएकाले धेरैले उनी राष्ट्रिय टोलीबाट नखेल्नुलाई यस घटनासँग जोडेका छन् ।

तर पोर्चुगलको पत्रिका ए बोला का अनुसार रोनाल्डो राष्ट्रिय टोलीमा नपर्नुमा उनको व्यक्तिगत निर्णय रहेको छ। रोनाल्डोले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोससँग उनलाई २०१९ को सुरुआतसम्म राष्ट्रिय टोलीबाट विश्राम दिन अनुरोध गरेको ए बोला ले जनाएको छ।

रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले नँया क्लबमा पूर्ण रुपमा फिट हुँदै शत प्रतिशत दिनका लागि केही समय पोर्चुगली टोलीबाट टाढिने निर्णय लिएका हुन्। ए बोला का अनुसार ३३ वर्षे रोनाल्डोको यो अस्थायी निर्णय रहेको र सन्यास लिने कुनै मनसाय नरहेको जनाएको छ।

यसकारण सेप्टेम्बरमा क्रोएसियासँगको खेलमा विश्राम पाएका रोनाल्डो पुनः ओक्टोबरमा पोल्याण्ड र स्कटल्याण्डविरुद्ध खेल्ने टोलीमा परेनन्। २०१८ मै पुनः पोल्याण्ड र इटालीसँगको खेलमा पनि रोनाल्डो नखेल्ने ए बोला को  दाबी छ।  पोर्चुगलबाट १ सय ५४ खेलमा ८५ गोल गरि सकेका रोनाल्डोले विश्वकप यता पोर्चुगलबाट खेलेका छैनन्।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.