default_image

7 years ago

October 5, 2018

युरोपा लिग रिभ्यु : ठूला टोलीको फराकिलो जित

100 views

0 Bookmark

एजेन्सी – युरोपा लिग अन्तर्गत बिहीबार राती ठूला टोलीहरुले फराकिलो जित दर्ता गरेका छन् । दोस्रो चरणको खेल समाप्त भएसँगै समूहको समीकरण पनि तयार हुन थालेको छ ।

समूह ‘ए’ मा बायर लेभरकुसनले एइके लामाकालाई ४-२ ले पराजित गर्यो । एफसी ज्युरीचले लुडोगोरेट्सलाई १-० ले हरायो । समूह ‘बी’ मा आरबी लाइप्जिगले रोजेन्बर्ग तथा साल्ज्बर्गले सेल्टिकलाई समान ३-१ को स्कोरमा पराजित गरे । समूह ‘सी’ मा बोर्डोले कोपन्हेगनलाई २-१ ले हराउँदा जेनिटले स्लाभिया प्रागलाई १-० ले पराजित गर्यो ।

समूह ‘डी’ मा डिनामो जाग्रेबले आन्द्रेलेक्ट तथा फेनेरबासेले स्पार्टाक त्रानाभालाई २-० को स्कोरले नै हराए । इंग्लिस क्लब आर्सनलले काराबागलाई ३-० ले हरायो । स्पोर्टीङ लिस्बनले भोर्स्क्लालाई २-१ ले पाखा लगायो । एसी मिलानले ओलाम्पियाकोस लाई ३-१ ले तथा रियल बेटिसले डुडेलान्जलाई ३-० ले पराजित गरे ।

रेंजर्सले रापिड वेनलाई ३-१ ले हराएको समूहमा स्पार्टाक मस्को र भिलारियलको खेल ३-३ को बराबरीमा सकियो । अपोलोन लिमासोल र मार्सेले २-२ को बराबरी खेले । फ्रान्कफर्टले लाजियोलाई ४-१ को अन्तरले पराजित गर्यो । माल्मोले बेसिक्टासलाई २-० ले हरायो भने सार्प्सबोर्गले जेन्कलाई ३-१ ले पाखा लगायो ।

सेभिल्ला क्राजोन्डारसंग २-१ ले हार्दा स्टान्डर्ड लिएजले अखिसर्स्पोरलाई २-१ ले नै पराजित गर्यो । अस्तानाले रेनेसलाई २-० ले हरायो । जाब्लोनेक र डिनामोकिएभ २-२ को बराबरीमा रोकिए । पाओकले बाटेलाई ४-१ ले हरायो भने चेल्सीले भिडीमाथि १-० को जित दर्ता गर्यो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.