7 years ago
October 5, 2018
बाकु (एजेन्सी) – इंग्लिस क्लब आर्सनल र इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । आर्सनलले अजरबैजनको क्वारावाग एफसीमाथि तथा मिलानले ग्रीसको ओलम्पियाकोस माथि ३–१ को सहज जित निकालेको हो ।
क्वारावागको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस, इमिली स्मिथ र माटियोले गोल गरे । आर्सनलले खेलको पाँचौ मिनेटमा सोक्राटिसको गोलबाट अग्रता बनाएको थियो । नाचो मोनरियलको पासमा सोक्रासिटले गोल गर्न सफल भएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५३औं मिनेटमा इमिली स्मिथले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । ८०औं मिनेटमा माटियोले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । जितसँगै आर्सनल समूह ‘ईं’ को शीर्ष शीर्ष स्थानमा रहेको छ । आर्सनलसँग पराजित क्वारावाग समूहमा पुछारमा छ । बिहिबार राति नै भएको खेलमा स्पोर्टिङ लिस्वनले भोरक्लामाथि २–१ को जित निकाल्यो ।
बिहिबार राति नै भएको अर्काे खेलमा इटालियन क्लब एसी मिलानले ओलम्पियाकोसमाथि ३–१ के जित निकाल्यो । मिलानको जितमा प्याट्रिक कटरोनले दुई तथा गोन्जालो हिग्विनले एक गोल गरे । ओलम्पियाकोसका गुरेरोले एक गोल गरे । मिलानले खेलमा पछि परेको स्थिति उल्ट्याएको हो ।
युरोपा लिगका अन्य खेलका नतिजाहरु
समूह ‘ए’
बायर लिभरकुसेन विरुद्ध एइके लारनाका (४–२)
एफसी जुरिच विरुद्ध लोडोगोरेट्स (१–०)
समूह ‘बी’
रोसेन ब्रगविरुद्ध आर बी लेपिजेग (१–३)
साल्जवर्ग विरुद्ध सेल्टिक (१–३)
समूह ‘सी’
बेर्डेक्स विरुद्ध एफसी कोभेनहेम (१–२)
जेनिथ सेन्ट पिटर्सवर्ग विरुद्ध स्लाभिया प्राग (१–०)
समूह ‘डी’
एन्डरलेक्ट विरुद्ध डिनामो जाग्रेव (०–२)
फेनरवाच विरुद्ध स्पार्कटाक (२–०)
समूह ‘ईं’
एफसी क्वारावाग विरुद्ध आर्सनल (०–३)
भोरक्ला विरुद्ध स्पोर्टिङ लिस्वन (१–२)
समूह ‘एफ’
एसी मिलान विरुद्ध ओलम्पियाकोस (३–१)
रियल बेटिस विरुद्ध डुडेलेन्ज (३–०)
समूह ‘जी’
रेन्जर्स विरुद्ध रापिड वेन (३–१)
स्पार्कटाक मस्को विरुद्ध भिल्लारियल (३–३)
समूह ‘एच’
एपोलन विरुद्ध मार्सेली (२–२)
फ्रान्कपर्ट विरुद्ध लाजियो (४–१)
समूह ‘आईं’
माल्मो विरुद्ध बेसिक्टास (२–०)
सार्पवर्ग विरुद्ध जिन्क (३–१)
समूह ‘जे’
एफसी कान्सनोडर विरुद्ध सेभिल्ला (२–१)
स्टान्डर्ड लिजे विरुद्ध अखिसार्सपर (२–१)
समूह ‘के’
जाब्लोनिक विरुद्ध डाइनामो किभ (२–२)
एफसी आस्टना विरुद्ध रेनिज (२–०)
समूह ‘एल’
बेटे बोरिस्टोभ विरुद्ध पाओक एफसी (१–४)
चेल्सी विरुद्ध भिडी एफसी (१–०)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]