default_image

7 years ago

October 5, 2018

नेपालले फाइनलमा बंगलादेशको सामना गर्ने

89 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – भारतलाई सेमिफाइनलमा हराउँदै साफ यू-१८ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपाली टोलीले उपाधिको लागि बंगलादेशको सामना गर्नेछ।

nepalteam

आजै भएको दोस्रो फाइनलमा घरेलु टोली भुटानलाई ४-० ले पराजित गरेपछि बंगलादेशले फाइनलमा स्थान बनाएको हो। यसअघि समूह चरणमा प्रतिस्पर्धा गर्दा नेपाल २-१ ले पराजित भएको थियो।

बंगलादेशको जितमा संजिदा अक्तर, मोसोमत मिश्रात जहान, श्रीमोती कृष्णारानी र साम्सुनाहारले गोल गरे। खेलको दोस्रो मिनेटमा संजिदाको गोलमा अग्रता लिएको बंगलादेशले अन्य गोल दोस्रो हाफमा गर्यो। मोसोमत , कृष्णारानी र साम्सुनाहारले क्रमसः ४८,६० र ८६ औं मिनेटमा गोल गरेका थिए।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको थियो। फाइनल आइतबार हुनेछ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.