default_image

7 years ago

October 6, 2018

‘अब लिग हरेक वर्ष आयोजना हुन्छ ’-लिग निर्देशक मिश्र

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लामो समयपछि सहिद स्मारक ए डिभिजन लिग आयोजनाले सम्बन्धित सबै उत्साहित भएको आफुले पाएको लिग निर्देशक सञ्जिव मिश्रले बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा झन्डै ५ वर्षपछि असोज १३ गते ए डिभिजन लिग सुरु भएको थियो ।

तर, राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपमा भाग लिइरहेका कारण अहिले लिग स्थगित छ । २०७० यता ए डिभिजन लिग आयोजना भएको यो पहिलो पटक हो । एन्फाले यसपटक लिग आयोजनाका लागि अलग्गै लिग समिति बनाएको छ । पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा संयोजक रहेको समितिमा मिश्र निर्देशक छन् ।

लिगको अलग्गै समिति भएकाले खुला र दबाबमुलक काम गर्न सकिने अनुभव भएको उल्लेख गर्दै मिश्रले एक्सन स्पोर्टसको फेयर प्लेमा भनेका छन्, ‘यो अभ्यासले पक्कै पनि काम गर्न सहज भएको छ ।’ मिश्रले फिफा फरवार्ड पोग्रामका कारण आर्थिक सहयोग आउने भएकाले अब लिग सञ्चालनमा समस्या नहुने बताए ।

भौतिक पूर्वाधार विकासमा जोड नदिने हो भने फुटबल विकास सम्भव नहुने जनाउँदै मिश्रले अहिलेको एन्फा नेतृत्वको आगमनसँगै फुटबलले गति लिएको बताएका छन् । मिश्र २०६३ यता लगातार विभिन्न भूमिकामा काम गर्दै आएका छन् । फुटबलमा रेफ्रीको भूमिकामा उजुरी गर्न नपाइनेमा जोड दिदै हरेक खेलमा विमती राख्दा प्रतियोगिता गर्न नसकिने उनले बताएका छन् ।

सामाजिक रुपमा स्थापित भएका अहिलेका क्लबहरु आउने दिनेमा व्यावासायिक बन्नका लागि क्लब लाइसेन्सिङमा अनिवार्य रुपमा जानुपर्नेमा मिश्रले जोड दिएका छन् । विगतमा राजधानीमा स्थानिय खेलाडीहरुले खेल्ने गरेकोले रंगशालामा फुटबल हेर्नेहरुको उल्लेख उपस्थिति रहने गरेको स्मरण गर्दै मिश्रले समय अनुसार सबै परिवर्तन आएको बताए ।

मिश्रसँगको अन्र्तवार्ता एक्सन स्पोर्टसको फेयर प्लेमा शनिबार दिउँसो ३ः३० बजे र पुनः प्रसारण साँझ ८ः०० बजे हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.