7 years ago
October 6, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु कप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार (आज)नेपालले प्यालेस्टाइनको सामना गर्दैछ । प्रतियोगिताको साविक विजेता नेपाललाई सेमिफाइनलमा पुग्न २ गोल वा सो भन्दा बढीको जित आवश्यक छ ।

नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ । प्यालेस्टाइनले बिहीबार ताजिकिस्तानलाई २-० ले हराएको थियो । नेपाल पनि मंगलबार ताजिकिस्तानसँग २-० ले नै पराजित भएको थियो ।
खेल हुने समय, स्थान र लाइभ कसरी हेर्ने जस्ता सम्पूर्ण जानकारी पाउनुहोस।
खेल हुने समय : स्थानिय समयअनुसार साँझ ६ः३० बजे, नेपाली समयानुसार साँझ ६ः१५ बजे
खेल हुने स्थान : सिलेटस्थित रंगशाला
लाइभ कसरी हेर्ने : माइकुजुबाट अनलाइन स्ट्रिमिङ्ग हेर्न सकिने । यहाँ हेर्नुहोस।
नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली जितको लागि मैदानमा उत्रने बताएका छन् । टोलीमा केहि चोटको समस्या भएपनि उनले वैकल्पिक खेलाडी खेल्न तयार रहेको बताएका छन् । नेपालले पछिल्लो खेलबाट सुरुआती रोजाईमा केहि परिवर्तन गर्ने पक्का छ ।
नेपालले यस खेलमा कम्तिमा २ गोलको जित दर्ता गरेमात्र सेमिफाइनल पुग्ने सम्भावना जीवित रहन्छ । बराबरी वा हार भएको खण्डमा प्यालेस्टाइन समूह विजेता र ताजिकिस्तान समूह उपविजेता बन्नेछन् । अर्को समूहबाट फिलिपिन्स समूह विजेता र बंगलादेश उपविजेता बनिसकेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]