7 years ago
October 6, 2018
उडीने (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले शनिबार इटालियन लिग अन्तर्गत उडिनेजेविरुद्ध २-० को जितमा युभेन्ट्सका लागि गोल गरेका छन् । अमेरिकी महिलाले रोनाल्डोविरुद्ध ९ वर्षअगाडी बलात्कारको आरोप लगाएको एक साता नबित्दै रोनाल्डोले आफू खेलमा केन्द्रित रहेको संकेत दिएका छन् ।

रोनाल्डोले पहिलो हाफको अन्तिम समयतिर गोल गरेका थिए । उनले ३७ औं मिनेटमा गरेको शक्तिशाली प्रहार फार पोस्टमा गोल भएको थियो । रोनाल्डोले गोल गरेपछि आफ्ना सहकर्मीलाई केहि ठाउँ खाली राख्न आग्रह गर्दै टेलिभिजन क्यामराअगाडी आफ्नो ट्रेडमार्क सेलिब्रेसन गरेका थिए । उनले लिगको चौथो गोल गरेसँगै रंगशाला भने ताली र गालीको सम्मिश्रणले भरिएको थियो । खेल सुरु हुनुअघि रोनाल्डोको नाम लिँदा भने दुवैतर्फ दर्शकले कुनै प्रतिक्रिया दिएका थिएनन् ।
खेलमा रोनाल्डोले युभेन्ट्सका लागि दोस्रो गोल गरेका थिए । त्यसअघि नै युभेले खेलमा १-० को अग्रता लिएको थियो । मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले ३३ औं मिनेटमा जोआओ क्यन्सेलोको पासमा गोल गरेका थिए । युभेन्ट्सले लिगको लगातार आठौँ खेल जित्दै अंक तालिकामा ९ अंकको अग्रता कायम गरेको छ । यद्यपी नेपोलीले एक खेल कम खेलेको छ ।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]