7 years ago
October 7, 2018
भिटोरिय (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती अलाभेसले रियल म्याड्रिडलाई १-० ले पराजित गरेको छ । यस खेलमा पनि गोल गर्न नसकेपछि रियलले पछिल्लो ३३ वर्षको कीर्तिमान पनि नचाहादै तोडिएको छ ।

अलाभेसका लागि मानु गार्सियाले इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए । कर्नरबाट आएको प्रहार क्रसबारमा लागेर फर्किएपछि आएको बलमा उनले गोल गरेका थिए । यस जितसँगै अंक तालिकामा रियल खस्ने क्रम जारी छ भने अलाभेस दोस्रो स्थानमा आइपुगेको छ ।खेलको अधिकांश समय अलाभेसले रियलमाथि दबाब नै राखेको थियो ।
अलाभेसविरुद्ध खेल गोलरहित बराबरीमा खेलेसँगै रियल र प्रशिक्षक लोपेटेगुईलाई लगातार ४ खेलमा गोल गर्न सकेनन् । पछिल्लो खेलमा सीएसकेए मस्कोसँग १-० ले पराजित भएको रियल त्यसअघि सेभिल्लासँग ३-० ले पराजित भएको थियो । त्यसअघि म्याड्रिड डर्बीमा पनि रियलले गोल गर्न सकेको थिएन । यद्यपी बार्सिलोना, सेभिल्ला र एटलेटिको म्याड्रिडले अझै एक खेल खेल्न बाँकी छ ।

रियलको ८ खेलमा १४ अंक छ भने अलाभेसले पनि समान खेलमा समान पार्क गरिदिनुहोला । पछिल्लो सिजन नयाँ मालिक आएपछि अलाभेसले राम्रो प्रदर्शन गर्न थालेको छ । पछिल्लो सिजन रेलिगेसनबाट बल्ल बाँचेको क्लब अहिले लगातार सफल नतिजासँगै तेस्रो स्थानमा उक्लिसकेको छ ।
रियलले यस खेलको लागि सर्जियो रामोस र ग्यारेथ बेललाई टोलीमा समेटेको थियो । मार्को एस्नेसियो भने वैकल्पिक खेलाडीको रुपमा रहेका थिए । केहि कम अवसर पाएको रियलका लागि करीम बेन्जेमा र ड्यानी सेबालोसले पाएको अवसरको फाइदा उठाउन सकेन । प्रशिक्षक लोपेटेगुईले दोस्रो हाफमा मरियानो डियाज, एसेन्सियो र भिनिसिएर जुनियरलाई मैदानमा पठाएपनि गोल निस्कन भने सकेन ।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]