default_image

7 years ago

October 7, 2018

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, मोउरिन्होको जागिर बच्यो

93 views

0 Bookmark

ओल्ड ट्राफोर्ड (एजेन्सी) – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ । यससँगै पराजित भएको खण्डमा बर्खास्त हुने भनिएका जोसे मोउरिन्होको जागिर केहि हदसम्म लम्बिएको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमा ३–२ को रोमाञ्चक जित निकालेको हो । युनाइटेडको जितमा हुवान माटा, एन्टोनी मार्सियल र एलेक्सिस साञ्चेजले गोल गरे । न्युक्यासलबाट केनेडी र योसीनोरी मुटोले गोल गरे । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड शुरुवाती १० मिनेटमा नै २–० ले पछि परेको थियो । सातौ मिनेटमा केनेडी र १०औं मिनेटमा योसीनोरीले गोल गरेपछि युनाइटेड शुरुवातमै २–० ले पछि परेको थियो ।

त्यसपछि युनाइटेडले उच्च प्रदर्शन गरेपनि गोल गर्नको लागि ७०औं मिनेट कुुर्नु परेको थियो । ७०औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिएका थिए । ७१औं मिनेटमा रेटचिको प्रहकार डेभिड डे जियाले रोक्दै युनाइटेडको संकट टारेका थिए ।

त्यसको ६ मिनेटपछि एन्टोनी मार्सियलले गोल गरेपछि युनाइटेडले खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । पल पोग्वाको ब्याक हिल पासमा मार्सियलले सहजै गोल गरेका थिए । ९०औं मिनेटमा वैकल्पिक खेलाडी एलेक्सिस साञ्चेजले गोल गर्दै युनाइटेडलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

त्यसअघि ५७औंमिनेटमा न्युक्यासलले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । यस्तै युनाइटडेका पल पोग्वा र मार्सियलले गोलका सुन्दर मौका खेर फालेका थिए । न्युक्यासलमाथिको जितसँगै युनाइटेड ८ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित न्यु क्यास्टल समान ८ खेलबाट दुई अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.