7 years ago
October 7, 2018
वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो ।

वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन इरिक डाएरले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको आठौं मिनेटमा इरिकको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो । अन्ततः त्यही गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो ।
खेलको ५८औं मिनेटमा भ्रमणकारी टोली १० खेलाडीमा समेटिएपनि टोटेनहमले त्यसको थप फाइदा उठाउन सकेन । लुकास मौरामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले कार्डिफका राल्सलाई सोझै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । तर, १० खेलाडीमा समेटिएपनि कार्डिफले उच्च प्रदर्शन गरेको थियो ।

जितपछि टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको टोटेनहमको ८ खेलबाट १८ अंक पुगेको छ । उसले चेल्सीलाई १ अंकले पछि पारेको हो । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा लिभरपुल रहेको छ । दुवै टोलीको समान १९ अंक भएपनि सिटी गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो । टोटेनहमसँग पराजित कार्डिफ २ अंक जोडेर लिगको पुछारमा यथावत छ ।
प्रिमियर लिगका अन्य नतिजाहरु:
ब्राइटन एन्ड होभ अल्वियोन विरुद्ध वेस्टह्याम युनाइटेड (१–०)
बर्नली विरुद्ध हडर्सफिल्ड टाउन (१–१)
क्रिस्टल प्यालेस विरुद्ध वल्भरह्याम्पटन (०–१)
लेस्टर सिटी विरुद्ध एभर्टन (१–२)
वाटफोर्ड विरुद्ध एएफसी बर्नमाउथ (०–४)
म्यानचेस्टर युनाइटेड विरुद्ध न्यु क्यास्टल युनाइटेड (३–२)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]