7 years ago
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानको थिम्पुमा जारी साफ यू–१८ महिला च्याम्यिनसिपको खेल नेपाली समयअनुसार साँक्र ६ः४५ बजेपछि चाङलिमिथाङ रंगशालामा हुनेछ ।
यि दुई टोलीले समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् । दुवै टोलीको उपाधि जित्ने लक्ष्य हुदा एक अर्कासँग सचेत भएर खेल्ने पक्का छ । नेपाल समूह चरणमा बेहारेको हारको बदला लिदै च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
नेपाल समूह चरणमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपालका लागि रश्मी कुमारी घिसिङले एक गोल गरेकी थिइन् । तर, फाइनल र लिग चरणका बिल्कुलै फरक हुनेछ । नेपालसँग रेखा पौडेल, रश्मी कुमारी घिसिङ, मन्जली योन्जन र कप्तान सरु लिम्बुको साथ रहनेछ । यता, नेपालले फाइनलमा बंगलादेशकी सिरत जाहान सोप्ना, मार्जिया र कृष्णा रानी सरकार जस्ता खेलाडीलाई रोक्नुपर्ने हुन्छ ।

नेपालका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले जित्ने मानसिकताका साथ नै मैदान उत्रने बताएका छन् । ‘हामीले सेमिफाइनलमा भारतजस्तो बलियो टोलीलाई पराजित गरेर फाइनलमा आएका छौं । भारतमाथिको जितसँगै टिमका मनोवल उच्च रहेको छ ।’ प्रशिक्षक हरिओमले भारतमाथिको जितपछि पोस्ट म्याच पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले यसै प्रतियोगिताको लागि प्रशिक्षण शुरु गर्दा नै उपाधि जित्ने मानसिकताले प्रशिक्षण गरेका थियौं । बंगलादेशलाई पराजित गर्दै उपाधि जित्नेमा विश्वस्त छु ।’
नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।
यता, बंगलादेशले पछिल्लो समय महिला फुटबलमा निकै राम्रो प्रगति गरिरहेको छ । यस्तोमा बंगलादेशको लक्ष्य फेरि एकपटक नेपाललाई पराजित गर्दै च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । बंगलादेशका सिरत जाहान सोप्ना, मार्जिया र कृष्णा रानी सरकारजस्ता प्रतिभावना खेलाडीले जुनसकै बेला नेपाललको रक्षापङ्ति तोड्न सक्छ ।
आजै तेस्रो स्थानको लागि आयोजक भुटानले भारतसँग दिउसो ३ः१५ बजेपछि प्रतिस्पर्धा गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]