default_image

7 years ago

October 7, 2018

मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा, अनु टिममा पर्न असफल

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

फाइलः तस्वीर

एन्फाले आइतबार २२ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा पुनरागमनको पर्खाइमा रहेकी नेपाली टिमकी सर्वाधिक गोलकर्ता अनु लामा टिममा पर्न असफल भएकी छिन् । प्रारम्भिक छनोटमा पर्न सफल भएपनि उनी अन्तिम चरणमा प्रशिक्षकको रोजाईमा पर्न असफल भएकी हुन् ।

दुई वर्षअघि भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) पछि घाइते भएकी अनु पुनरागमनको तयारीमा रहेकी थिइन् । अनु विभागी नेपाल एपिएफ क्लबमा आबद्ध छिन् । नेपाली टोलीको छनोट महिला टिमका मुख्य प्रशिक्षक हरि खड्का र प्रशिक्षक मिगेन्द्र मिश्रले गरेका हुन् ।

छनोटमा ३ गोलरक्षक, ८ डिफेन्डर, ७ मिडफिल्डर र ४ फरवार्ड रहेका छन् ।
नेपालले २९ र ३१ अक्टोवरमा चीनसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यही टोलीले महिला ओलम्पिकका लागि एसिया छनोट खेल्नेछ । एसिया छनोटमा नेपाल समूह ’सी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहको छनोट खेल नोभेम्बर ८ देखी ११ सम्म हुनेछ । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछन्

नेपाली महिला राष्ट्रिय टोली
एन्जिला तुम्बाप्पो सुब्बा, रुपा राना मगर, लीला लामगाढे, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, रन्जना दर्जी, हीरा कुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, मेनुका गिरी, रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, बिमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, साविा भन्डारी, निरु थापा, शर्मिला थापा र अनिता केसी रहेका छन् ।
मुख्य प्रशिक्षकः हरि खड्का
प्रशिक्षकः मृगेन्द्र मिश्र
म्यानेजरः कमला हीराचन थकाली रहेकी छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.