7 years ago
October 7, 2018
चौतारा (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा प्रथम भोटेकोशी कप फुटबल प्रतियोगिता यसै साता आयोजना हुनेछ । सिद्धार्थ योङ स्टार क्लबको आयोजना र भोटेकोशी गाँउपालिकाको सहयोगमा प्रतियोगिता मंगलबार सुरु हुनेछ ।
३० गते सम्म हुने प्रतियोगितामा गाँउपालिकाका १७ क्लबको सहभागिता रहने आयोजक क्लबले जनाएको छ । गाँउपालिकाको वडा नं ४ स्थित नारायणथान मैदानमा हुने प्रतियोसगिताको विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा सिद्धार्थ स्टार क्लब, सेलाङकट्टी युवा क्लब, भैरवकुण्ड युवा क्लब, धारापानी सिर्जनशील युवा क्लब, मितेरी युवा क्लब, सिन्धु ११ स्पोर्टस् क्लब, हिमालयन प्रगतिशील क्लब, उग्रचण्डी युवा क्लब क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै राइजिङ स्टार क्लब, सेतीदेवी युथ क्लब, कुदुङ फुटबल क्लब, न्यु जेनेरेशन क्लब, सेतीदेवी क्लब चाकु, सुनखानी ब्रदर्श युवा क्लब, फ्रेण्डसिप युवा क्लब, कोकरसिङ युवा क्लब र नम्बर चुङ भुमे युथ क्लबको पनि प्रतियोगितामा सहभागिता रहनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]