default_image

6 years ago

October 8, 2018

माहरेजको पेनाल्टी चुक्दा सिटी र लिभरपुलको बराबरी

लिभरपुल (एजेन्सी) – रियाद माहरेजले खेलको अन्तिम समयतिर पेनाल्टीमा गोल गर्न नसक्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा अधिपत्य जमाउने मौका गुमाएको छ । आइतबार लिभरपुल र म्यानचेस्टर सिटीको खेल गोलरहित बराबरीमा टुंगिएको हो । सिटीले यसै सिजनको सुरुआतमा ६ करोड पाउण्ड तिरेर भित्र्याएका मिडफिल्डर माहरेजले ८५ औं मिनेटमा प्राप्त पेनाल्टी पोस्टभन्दा धेरै माथि प्रहार […]

31 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – रियाद माहरेजले खेलको अन्तिम समयतिर पेनाल्टीमा गोल गर्न नसक्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा अधिपत्य जमाउने मौका गुमाएको छ

आइतबार लिभरपुल र म्यानचेस्टर सिटीको खेल गोलरहित बराबरीमा टुंगिएको हो सिटीले यसै सिजनको सुरुआतमा ६ करोड पाउण्ड तिरेर भित्र्याएका मिडफिल्डर माहरेजले ८५ औं मिनेटमा प्राप्त पेनाल्टी पोस्टभन्दा धेरै माथि प्रहार गरेका थिए । डिफेन्डर भर्जिल भान डाइकले लेरोय सानेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि सिटीले पेनाल्टी प्राप्त गरेको थियो ।

पछिल्लो सिजन सिटीले घरेलु मैदानमा ५-० को सहज जित दर्ता गर्दै अवे मैदानमा ४-३ ले पीएसजी जितेको थियो । तर यसपटक दुवै टोली आक्रामक रुपमा सफल हुन सकेनन् । सिटीको प्रदर्शन तुलनात्मक रुपमा केहि राम्रो देखिएपनि नतिजामुखी भने हुन सकेन । सिटीले राखेको ५१ प्रतिशत बल पोसेसन प्रिमियर लिगमा सिटीको सबैभन्दा कमजोर प्रदर्शन रहयो ।

लिगको आठौँ खेलसम्म आइपुग्दा सिटी र लिभरपुलसँगै चेल्सी पनि अपराजित नै छ । तीनै क्लबको समान २० अंक छ र चेल्सी गोलअन्तरका आधारमा शीर्ष स्थानमा छन् । पेप गुआर्डीओलाले योर्गेन क्लोपविरुद्ध पछिल्ला ८ खेलमा १ खेलमा मात्र जित दर्ता गरेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.