7 years ago
October 8, 2018
साउथह्याम्वटन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सी र आर्सनलले सहज जित निकालेको छ ।
प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा चेल्सीले साउथह्यानम्पटनलाई ३–० ले तथा आर्सनलले फुलहममाथि ५–१ को फराकिलो जित निकाल्यो ।
साउथह्याम्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन इडेन हाजार्ड, रोज बार्कले र अल्भेरो मोराटाले गोल गरे ।
चेल्सीले खेलको ३०औं मिनेटमा रोजको पासमा हाजार्डको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । पहिलो गोलको लागि अवसर सिर्जना गरेका रोजले ५७औं मिनेटमा ओलिभर जिरुको पासमा गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाएको थियो । ९०औं मिनेटमा वैकल्पिक खेलाडीको मैदान प्रवेश गरेका अल्भेरो मोराटाले हाजार्डको पासमा गोल गर्दै चल्सीलाई ३–० को सहज जित दिलाए । मोराटा ६८औं मिनेटमा जिरुको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितपछि चेल्सी ८ खेलबाट २० अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट २० अंक जोडेको म्यानचेस्टर सिटी गोलअन्तरमा चेल्सीभन्दा अघि छ । चेल्सीसँग पराजित साउथह्याम्पटन ५ अंकसहति १६औं स्थानमा छ ।
आइतबार राति नै भएको खेलमा आर्सनलले फुलहममाथि ५–१ को फराकिलो जित निकालेको छ । आर्सनलको सहज जितमा एलेकसान्द्र लाकाजेट्टी र पिएरे हेनरिक आवुमियाङले समान २ तथा आरोन राम्सीले १ गोल गरे । फुलहमका आन्द्रे सरेले गोल गरे ।
जितपछि आर्सनल चौथो स्थान उक्लदा पराजित फुलहम १७औं स्थानमा रहेको छ । आइतबार राति नै भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]