7 years ago
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु कपको समूह चरणबाट बाहिरीसँगै ‘ए’ डिभिजन लिग सुचारु हुने भएको छ । राष्ट्रिय टोलीका खेलाडीहरु आइतबार स्वदेश फर्केर सोमबारदेखि क्लबको प्रशिक्षणमा सामेल हुन थालिसकेका छन् ।

बंगबन्धु कपका लागि घोषित २० सदस्यीय टोलीमा मनाङ मर्स्याङदी क्लबका सर्वाधिक ६ खेलाडी छन् । यस्तै थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबका पनि ४-४ खेलाडी रहेका छन् । च्यासलका ३ र पुलिसका २ खेलाडी राष्ट्रिय टोलीमा सम्मिलित छन् । एपीएफबाट डिफेन्डर आदित्य चौधरी राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।
मनाङबाट फरवार्ड अन्जन विष्टसँगै मिडफिल्डरत्रय विशाल राई, सुजल श्रेष्ठ र हेमन गुरुङ छन् । कप्तान तथा डिफेन्डर विराज महर्जन पनि मनाङकै खेलाडी हुन् । गोलरक्षक विशाल श्रेष्ठ पनि मनाङमा फर्किएका छन् । आर्मीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर सुमन अर्यालसँगै फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ खेल्दै आएका छन् ।

थ्रीस्टारले यस पटक मिडफिल्डर निराजन खड्का र सुनील बल, गोलरक्षक एलन न्यौपाने र डिफेन्डर अनन्त तामाङलाई टोलीमा अनुबन्धन गरेको छ । यसै सिजन पहिलोपटक ए डिभिजन खेल्न लागेको च्यासलले फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर हेमन्त थापामगर र डिफेन्डर देवेन्द्र तामाङलाई टोलीमा सामेल गरेको छ । पुलिसको टोलीबाट दिनेश राजवंशी र तेज तामाङ राष्ट्रिय टोलीमा छन् ।
राष्ट्रिय टोलीका खेलाडी कुन-कुन क्लबमा?
गोलरक्षक:
विकेश कुथु (आर्मी), विशाल श्रेष्ठ (मनाङ), एलन न्यौपाने (थ्री स्टार)
डिफेन्डर:
विराज महर्जन (मनाङ), अनन्त तामाङ (थ्री स्टार), आदित्य चौधरी (एपीएफ), सुमन अर्याल (आर्मी) ,दिनेश राजवंशी (पुलिस) , देवेन्द्र तामाङ (च्यासल)

मिडफिल्डर:
विशाल राई (मनाङ), हेमन गुरुङ (मनाङ), हेमन्त थापामगर (च्यासल), अन्जन विष्ट (मनाङ), सुनील बल (थ्री स्टार), सुजल श्रेष्ठ (मनाङ), निराजन खड्का (थ्री स्टार), तेज तामाङ (पुलिस)
फरवार्ड:
विमल घर्तिमगर (च्यासल), भरत खवास (आर्मी), नवयुग श्रेष्ठ (आर्मी)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]