7 years ago
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकपका कारण स्थगित भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल बुधबारबाट सुरु हुँदैछ।
शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिएको थियो।
पहिलो चरण अन्तर्गत हुने यस साताका खेलहरु यसप्रकार छन् :
१. मच्छिन्द्र विरुद्ध च्यासल : २४ गते बुधबार : ३ बजे : एन्फा कम्प्लेक्स
२. फ्रेन्ड्स विरुद्ध थ्री स्टार : २५ गते बिहिबार : ११ बजे : एन्फा कम्प्लेक्स
३. जावलाखेल विरुद्ध नेपाल पुलिस : २५ गते बिहिबार : ३ बजे : एन्फा कम्प्लेक्स
४. हिमालयन शेर्पा विरुद्ध एपिएफ : २६ गते शुक्रबार : ११ बजे : एन्फा कम्प्लेक्स
५. ब्रिगेड ब्वाइज क्लब विरुद्ध मनाङ–मस्र्याङ्दी : २६ गते शुक्रबार : ३ बजे : एन्फा कम्प्लेक्स
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]