default_image

6 years ago

October 9, 2018

‘रोनाल्डोभन्दा मेसी उत्कृष्ट’ – रुनी

एजेन्सी – इंग्लिस राष्ट्रिय टोलीका पूर्व कप्तान एवं डिसी युनाइटेडका फरवार्ड वायन रुनीले लिओनेल मेसी विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । रोनाल्डोसँग गहिरो मित्रताका बाबजुद उनले यस्तो अभिव्यक्ति दिएका हुन् । रुनीले दुई पटक मेसीविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल हारेका थिए । गतसाता मेसीले वेम्बलीमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले टोटेनहमलाई पराजित गरेपछि रुनीले यस्तो […]

24 views

0 Bookmark

एजेन्सी – इंग्लिस राष्ट्रिय टोलीका पूर्व कप्तान एवं डिसी युनाइटेडका फरवार्ड वायन रुनीले लिओनेल मेसी विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । रोनाल्डोसँग गहिरो मित्रताका बाबजुद उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

रुनीले दुई पटक मेसीविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल हारेका थिए । गतसाता मेसीले वेम्बलीमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले टोटेनहमलाई पराजित गरेपछि रुनीले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘ मेसीविरुद्ध खेलेका दुवै खेलमा यदि बार्सिलोना विपक्षी नभएको भए हामीले ज्तिने थियौं । मेरो नजरमा बार्सिलोना उत्कृष्ट टोली हो र मेसी उत्कृष्ट खेलाडी । मेसीले जे गर्छन् त्यो अद्भुत छ । उनीसँग सबै पक्षमा उत्तिकै सफलता हात पर्न सक्ने खुबी छ, रुनीले भने ।

‘ रोनाल्डो सुरुमा विंगरका रुपमा खेल्थे । त्यसपछि उनी भूमिका फेरेर स्ट्राइकरको रुपमा खेल्न थाले । अहिले उनी गोलकर्ताका रुपमा चिनिन थालेका छन्,’ रुनीले थपे । रोनाल्डो विंगर खेल्दा अत्यधिक छलाउने र डिफेन्सलाई छक्याउँदै आफ्ना खेलाडीलाई पास मिलाउने गर्थे । अहिले भने उनी एक फरवार्डका रुपमा गोल गर्ने कार्यमा ध्यान दिंदै आएका छन् ।

‘मेसीसँग सबै पक्ष छ । एक समय गोल गरिरहेका हुन्छन् त एकछिनमा मिडफिल्डमा पुगेर बल खोस्दै पास खेलिरहेका हुन्छन् । पारेको अवस्थामा उनी डिफेन्समा पनि उपस्थित हुन्छन् । मेसी नै सम्भवत सर्वकालीन महान खेलाडी हुन्,’ रुनीले थपे । रुनी र रोनाल्डो लामो समय म्यानचेस्टर युनाइटेडबाट सँगै खेले । रुनी र रोनाल्डो सम्मिलित युनाइटेडलाई फाइनलमा हराउँदै मेसी सम्मिलित बार्सिलोनाले च्याम्पियन्स लिग पनि जितेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.