7 years ago
October 10, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट धेरै मौका नपाएको मिडफिल्डर अर्टुरो भिडालले असन्तुष्टी जनाएका छन् । यद्दपी उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन् । भिडालले कुनै समस्या भए प्रशिक्षकसँग सोझै कुरा गर्ने पनि प्रष्ट पारेका छन् ।
चिलीका मिडफिल्डर सिजनको सुरुवातमा बार्यन म्युखिनबाट नोउ क्याम्प पुगेका थिए । च्याम्पियन्स लिगमा गत साता टोटेनह्यामलाई बार्सिलोनाले ४–२ ले हराउँदा खेल्न नपाएपछि उनी आक्रोशित बनेका थिए । ३१ वर्षे उनले सामाजिक सञ्जालमा रिसाहा लाग्ने इमोजी पोष्ट गरेका थिए । यद्दपी उनल पछि त्यो इमोजी हटाएका थिए ।
‘म खुसी छैन । तर प्रशिक्षकसँग कुनै समस्या छैन । कुनै समस्या भए म उनलाई भन्ने छु । यदि म खेल्न पाउँदिन भने खुसी हुन सक्ने कुरै भएन, ‘भिडालले भने, ‘म त्यस्तो खेलाडी हो जो आफ्नो ठाँउका लागि सधै संघर्ष गर्नेछ । त्यसैले क्लबलाई विश्वकै उत्कृष्ट बनाउनेछ ।’
उनले आफु शारीरिक रुपमा पनि ठिक रहेको भिडालले बताएका छन् । ‘पछिल्ला केहि खेलका कारण म केहि दिक्दार पनि भए ,’ उनले थपे,’ आउने दिनमा अझै महत्वपूर्ण खेल आउँदैछन् । मलार्ई कुनै समस्या भए र रिस उठेमा सिधै प्रशिक्षकसँग भन्नेछु ।’
भिडालले बार्सिलोनाबाट ९ खेल खेलिसकेका छन् । बढी जस्तो खेलमा उनी बेन्चबाट सुरु गरिरेहका छन् । बार्सिलोनाले यो सिजन उपाधिका लागि चुनौति पेश गर्दा भिडाल मत्हत्वपूर्ण खेलाडी मध्ये एक हुन सक्ने अनुमान गरिएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]