7 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरीमा टुङ्गियो । बराबरीपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले लिगको पहिलो खेल सोचेजस्तो नभएको प्रतिक्रिया दिए ।

‘हामी निश्चित जितका लागि आएका थियौ । तर, पहिलो म्याच सोचेजस्तो भएन । मिडफिल्डमा समस्या हुदा र अपेक्षा गरिएको खेलाडीबाट सोचे अनुरुपको प्रदर्शन गर्न सकेन’, प्रशिक्षक खेलपछि भने, ‘प्रशिक्षण गरे अनुसार खेलाडीले खेल्न सकेन । अन्य टिमले सँगै प्रशिक्षण गरेपनि बिमल टिममा घुलमिल हुन बाँकी छ । बराबरीबाट हामीले पाठ सिकेका छौं ।’
उनलेजित्नको लागि प्रेसर लिदा खेलाडीमा दवाव देखिदा पनि खेल बराबरी भएको बताए । पेनाल्टी प्रहार केहि फितलो रहँदा अग्रता लिन नसकेको उनले बताए । ‘हाम्रो मुख्य पेनाल्टी लिने खेलाडी विमल केही घाइते भएका कारण हेमन्तले पेनाल्टी हानेका हुन् । उनको प्रहारले राम्रो दिशा लिएपनि शक्ति कम हुँदा गोलरक्षकले सहजै बचाए,’ शाक्यले भने ।

दशैंपछि विदेशी खेलाडी थपेर टोलीलाई अझ मजबुत बनाउनेबारे क्लबसँग छलफल भइरहेको उनले बताए । मच्छिन्द्रले आफ्नो खेल खेलेको र उनीहरु आफ्नो रणनीतिमा सफल भएको प्रशिक्षक शाक्यले थपे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]