7 years ago
October 11, 2018
म्यानचेस्टर (एजेन्सी)– फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा चर्चामा रहि रहने खेलाडी मध्येका एक हुन् । उनी फ्रान्स वा म्यानचेस्टर युनाइटेडका कप्तान पनि होइनन् । खेलाडीमा रहेको क्षमता, स्कील, प्रभावकारिता र नेतृत्वदायी भूमिकाका लागि कप्तान नै भइरहनु नपर्ने पोग्बाले बताएका छन् ।

फ्रान्सबाट अन्तर्राष्ट्रिय खेलका लागि पोग्बाले अहिले क्लब छाडेर निस्केका छन् । राष्ट्रिय टोलीका अन्य खेलाडीसँग भेट हुने समयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा कप्तानी आफ्नो लागि महत्वपूर्ण नहुने बताएका हुन् । ‘मैले फ्रान्सको कप्तानी गर्नका लागि खेलेको होइन । टोलीबाट खेल्नु मेरो लागि सधै विशेष हुने गरेको छ,’ उनले भनेका छन्, ‘बोल्नका लागि कप्तान नै हुन पर्दछ भन्ने छैन । नेतृत्व सम्हाल्नका लागि आर्मब्यान्ड नै चाहिन्छ भन्ने छैन ।’
नेतृत्वकर्ताले जहिले पनि मैदानमै आफुलाई प्रमाणित गर्ने पोग्बाले बताएका छन् । ‘मैले देखेका वास्तविक नेताले धेरै बोल्न आवश्यक छैन’ , उनले भने, ‘उदाहरणका लागि पिर्लो त्यसको एउटा उदाहरण हुन् । उनी ड्रेसिङ रुपमा धेरै बोल्दैनथे । उनी मैदानमा आफुलार्ई प्रमाणित गर्थे । उनी वास्तविक नेता हुन् । आर्मब्यान्ड उनको लक्ष्य थिएन ।’
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत विश्वविजेता फ्रान्सले बिहीबार आइसल्यान्डसँग खेल्दैछ । त्यसपछि फ्रान्सले जर्मनीसँग अक्टुबर १६ मा यूईएफए नेसन्स लिगमा प्रतिस्पर्धा गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]