default_image

7 years ago

October 11, 2018

पीएसजीका डिफेन्डर किमपेम्बेलाई प्रतिबन्ध

99 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सेन्टरब्याक प्रेसनेल किमपेम्बे तीन खेलका लागि प्रतिबन्धित भएका छन् ।

लिग वान अन्तर्गत लियोनविरुद्ध ५–० को फराकिलो जित निकालेको खेलमा किमपेम्बे रातो कार्ड खादै मैदान बाहिरिएको थिए  उनलाई लिग फुटबल प्रोफेसनल (एलएफपी) ले तीन खेलको प्रतिबन्ध सुनाएको हो । प्रतिबन्धमा परेसँगै किमपेम्बेले अमेन्स, मार्से र लिलेविरुद्धको खेल गुमाउनेछन् ।

लियोनविरुद्धको खेलमा एनडोम्वेलेलाई गम्भीर ट्याकल गरेपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा रातो कार्ड देखाएका थिए । यस्तै एलएफपीले मोनाको डिफेन्डर आन्द्रिया राग्गीलाई पाँच खेलको प्रतिबन्ध सुनाएको छ । उनले रेनिजका क्लेमेन्ट ग्रिनिरलाई खेल दौरान नै हातपात गरेको थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.