default_image

7 years ago

October 11, 2018

‘निरंकुशताविरुद्ध लडिरहन्छु’ – एन्फा पूर्व वरिष्ठ उपाध्यक्ष कुँवर

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान कार्यसमितिको निरकंशुताकाविरुद्ध अफु लडिरहने एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले बताएका छन् ।

एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवर । फाइल तस्बिर

कुँवरले असोज ८ गते आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थिति एन्फा मताहतका केहि जिल्ला संघका अध्यक्षलाई स्पष्टिकरण सोधिएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले फुटबल विकासप्रति समर्पित सबै व्यक्तिमा संघलाई सही बाटोमा लाने प्रयास गर्न पाउने लोकतान्त्रिक अधिकार भएको बताएका छन् ।

वैशाखमा भएको एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासहित केहि पदाधिकारीले फिफा र एएफसीको कोड अफ इथिक्स पूर्ण रुपमा उल्लंघन गरेको भन्दै कुँवरले त्यसको प्रमाण आफुले फिफा एएफसीमा पठाएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । एन्फाले पत्रकार सम्मेलनमा सहभागी हुने जिल्ला अध्यक्षलाई सात दिन भित्र जवाफ दिन स्पष्टिकरण मागेको थियो ।

कुँवरले एन्फाको स्पष्किरणमा आपत्ती जनाउँदै भनेका छन्, ‘के एन्फामा भएका गलत कुरा उठाउन नपाउने हो ? फुटबल विकासको अवरोध गर्न नभई संघभित्र भइरहेका गलत कुराहरुलाई सार्वजनिक गर्दै सचेत गराउने उदेश्यमा पत्रकार सम्मेलन गरिएको थियो । मुलुक लोकतन्त्र हुँदै संघीय गणतन्त्रमा पुगिसकेको छ ।’

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक नवीन पाण्डे लगायतका दोषी पदाधिकारीहरूमाथि फिफा तथा एएफसीले कार्वाही गर्नेमा म पूर्ण विश्वस्त रहेको दोहोराएका छन् । सँगै उनले निर्वाचनका बेलाका अनियमिनताका प्रमाण विभिन्न निकायमा पेश गर्ने जानकारी दिएका छन् ।

कुँवरले जिल्ला संघका अध्यक्षलाई स्पष्टिकरण सोध्नुका साटो आरोपको टुंगो नलाग्दा सम्म अध्यक्ष शेर्पा, उपाध्यक्ष नेम्वाङ तथा पाण्डेले निश्पक्ष छानविनको वातावरणका लागि एन्फाबाट अलग रहन समेत आग्रह गरेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.