default_image

7 years ago

October 12, 2018

ए डिभिजन लिग : एपीएफ र शेर्पाको गोलरहित बराबरी

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ महिन्द्रा क्लबबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर चुकाए । १० औं मिनेटमा शेर्पाका अमर डंगोलले फितलो प्रहार गरेलगत्तै एपीएफका युवराज खड्काले पनि गोलरक्षकलाई समस्यामा पर्न सकेनन् । निरज बस्नेतले पेनाल्टीक्षेत्र बाहिर पाएको दुई फ्रिकिकमा कुनै खतरा सिर्जना गर्न सकेनन् । शेर्पाका कर्ण लिम्बू, अमर डंगोल, राज पौडेलको आक्रमणमा तालमेलको कमी देखिएको थियो ।

दोस्रो हाफको सुरुवातमै एपीएफले अग्रता लिने मौका चुकायो । सुदिप सिख्राकारको क्रसमा युवराजले बलसम्म पुग्न नसक्दा स्कोर गोलरहित नै रहयो । त्यसको तीन मिनेटपछि कर्णले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । विश्वास श्रेष्ठको क्रसमा उनको हेडर सिधै गोलरक्षकको हातमा पुगेको थियो । ७८ औं मिनेटमा एपीएफका युवराजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गएको थियो ।

खेलका तस्बिरहरु :

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.