6 years ago
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले जारी खेलमा ब्रिगेड ब्वाइज क्लबले सिग्नेचर मनाङ मर्स्याङदी क्लबविरुद्ध १-० को अग्रता लिएको छ ।
ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले खेलको २९ औं मिनेटमा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए । रजतले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार दर्शनीय गोलमा परिणत भएको थियो । खेलमा मनाङले दबा सिर्जना गरेपनि अग्रता भने बनाउन सकेन । पहिलो हाफमा मनाङको आधा दर्जनभन्दा बढी प्रयास खेर गएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयमा अन्जन विष्टको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । त्यसको पाँच मिनेटअघि गोलरक्षक सागर रायले अन्जनको हेडरलाई उत्कृष्ट ढंगले बचाएका थिए । विदेशी खेलाडी आडेलाजा सोमिडे र आफिज ओलावालेको जोडीले अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् । सुजल श्रेष्ठले पनि पेनाल्टी क्षेत्रबाहिरबाट दुई प्रयास खेर फालेका थिए ।
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]