default_image

7 years ago

October 12, 2018

ए डिभिजन लिग : पुनरागमनसँगै मनाङ विजयी

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सिग्नेचरसिग्नेचर मनाङ मर्स्याङदी क्लबले  ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले पराजित गरेको छ । ब्रिगेड ब्वाइजले पहिलो हाफमा १-० को अग्रता लिएपनि मनाङले दोस्रो हाफमा पुनरागमन गर्दै जित दर्ता गरेको हो ।

ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले खेलको २९ औं मिनेटमा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए । रजतले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार दर्शनीय गोलमा परिणत भएको थियो । खेलमा मनाङले दबाब सिर्जना गरेपनि अग्रता भने बनाउन सकेन । पहिलो हाफमा मनाङको आधा दर्जनभन्दा बढी प्रयास खेर गएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा अन्जन विष्टको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । त्यसको पाँच मिनेटअघि गोलरक्षक सागर रायले अन्जनको हेडरलाई उत्कृष्ट ढंगले बचाएका थिए । विदेशी खेलाडी आडेलाजा सोमिडे र आफिज ओलावालेको जोडीले अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् । सुजल श्रेष्ठले पनि पेनाल्टी क्षेत्रबाहिरबाट दुई प्रयास खेर फालेका थिए ।

दोस्रो हाफको सुरुआतमै मनाङले बराबरी गोल फर्काएको थियो । पेनाल्टी क्षेत्र बाहिरबाट हेमन गुरुङको प्रहार फरवार्ड आडेलाजालाई लाग्दै गोलमा परिणत भएको थियो । छैटौं मिनेटमा कर्नरबाट आएको रिबाउन्डमा कमल श्रेष्ठले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक सागरले बचाए । ५७ औं मिनेटमा मनाङले खेलमा अग्रता लियो । प्रवेश कुँवरको थ्रु बलमा ब्रिगेड ब्वाइजका कप्तान दिलेन लोक्तान बिट भएपछि ओलावालेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षकलाई लाग्दै गोल भएको थियो ।

ओलावालेले ७७ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र कर्नरबाट आएको रिबाउन्डलाई पोस्टको दिशा दिन सकेनन् । ब्रिगेड ब्वाइजले अन्तिम समयतिर दुई अवसर सिर्जना गरेको थियो । अनुप गुरुङको हेडर विशाल श्रेष्ठले बचाए भने ऋतिक खड्काको प्रहार पोस्टबाहिर गएको थियो । ओलावालेले इन्ज्युरी समयको पहिलो मिनेटमा हेमन गुरुङको क्रसमा ६ यार्ड बक्स भित्रबाट गोल गर्न चुके । अतिरिक्त समयको चौथो मिनेटमा ओलावालेले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित पक्का गरे । यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

खेलको तस्बिरहरु: विवेक सुवेदी/हाम्रो खेलकुद

   

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.