default_image

7 years ago

October 12, 2018

नेयमारले ह्याट्रिक गरेको खेल ‘म्याच फिक्सिङ’ आशंकामा छानबिन हुने

113 views

0 Bookmark

पेरिस (एजेन्सी) – गत साता युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नेयमारले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडविरुद्ध ६-१ को नतिजा निकालेको थियो । तर उक्त खेलमाथि यूईएफएले छानबिन गर्ने भएको छ ।

सर्बियाली क्लब रेड स्टार बेलग्रेडका एक पदाधिकारीले ‘५ गोलको हार’ हुने शीर्षकमा आफ्नै क्लबविरुद्ध करोडौं रुपैयाँ बाजी राखेको भेटिएपछि खेलमा म्याच फिक्सिङको छानबिन गरिने भएको हो उक्त खेलको स्थितिबारे फ्रान्सेली प्रहरीले जाँच गरिरहेको इंग्लिस समाचार श्रोत द सन ले जनाएको छ । यदि यो आरोप प्रमाणित भएमा क्लबले ठूलो कारवाहीको सामना गर्नुपर्ने छ

श्रोतका अनुसार यस प्रक्रियामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको छ । खेल हुने केहि दिन अगाडी नै बाजी राखिएको हुनाले खेलमाथि थप शंका उत्पन्न भएको हो । उक्त खेलमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक प्रहार गरेका थिए । खेल अवधिभर लिग वान च्याम्पियन पीएसजीले ३४ सट प्रहार गर्दा बेलग्रेडले ५ पटक मात्र पोस्टमा आक्रमण गरेको थियो ।

एकपक्षीय रहेको खेलमा पीएसजीले ७४ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । पीएसजीले १३ पटक कर्नर जित्दा बेलग्रेडले कुनै कर्नर पाएको थिएन । खेलको अन्य गोल एडिन्सन कभानी, एन्जल डी मारिया र किलियन एमबाप्पेले गरेका थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.