default_image

7 years ago

October 13, 2018

‘फुटबल खेलेर पछुताउनु परेन’– पूर्व कप्तान अनिल

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले फुटबल खेलेका कारण कहिल्यै पछुताउनु नपरेको बताएका छन् । डेढ दशक लामो खेल जीवनमा उतारचढावको सामना गर्नुपरे पनि फुटबल बेकार खेलियो भन्ने कहिल्यै सोच्नु नपरेको उनको भनाई छ ।

‘खेल जीवन सधै एकनास त हुँदैन । राम्रा नराम्रा अनुभव हुन्छन्, एक्सन स्पोर्टसको फेयर प्लेमा बोल्दै अनिलले भनेका छन्, तर मैले कहिल्यै बेकार खेले भन्ने सोच्नु परेन । एक पछि अर्को सफलता प्राप्त गर्दै गए र आज यो अवस्थामा आइपुगेको छु ।’ पोखराको सहारा क्लबको सहारा एकेडेमीको पहिलो ब्याचका अनिलले दुई वर्ष एकेडेमीमा फुटबल गुण सिकेका थिए ।

त्यसपछि उनको यात्रा राजधानीतर्फ मोडिएको थियो । जहाँ उनले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट पहिलो पटक ए डिभिजन लिग खेल्ने मौका पाए । लगत्तै अर्को वर्ष (सन् २००५) मा उनी रुस्लान थ्री स्टारमा आबद्ध भए । त्यसको अर्को वर्ष उनी सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पुगे । त्यहाँ दुई वर्ष बिताएपछि उनको यात्रा न्यूरोड टिम एनआरटीतर्फ मोडिएको थियो ।

सन् २००७ मा उनी राष्ट्रिय फुटबल टोलीमा परे । १० वर्ष राष्ट्रिय टोलीमा बिताएपछि गत वर्ष एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । त्यो खेल उनको ५० औंं क्याप थियो । ‘५० क्याप जित्नु एउटा खेलाडीका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै अनिलले सम्मानजनक विदाईका लागि एन्फालाई पनि धन्यवाद दिएका छन् ।

राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी सम्हाल्नु पाउनुलाई ठूलो सम्मानका रुपमा हेरेका अनिलले भने, ‘मेरो कप्तानीमा हामीले एएफसी सोलिडारिटी कप जित्न सफल भयौं । त्यो हामीले जितेको एएफसीको पहिलो प्रतियोतिगा थियो । अहिले पनि सम्झना गर्व महसुस भएर आउछ । साच्चै त्यो हाम्रो लागि ठूलो उपलब्धी थियो । ‘

खेलाडीका रुपमा साफ च्याम्पियनसिप जित्न नसकेकोमा भने उनलार्ई दुःख छ । हामीले सन् २०१३ मा घरेलु मैदानमा हुँदा जित्ने राम्रो मौका थियो । तर सफल भएनौं । त्यसले भने दुःखी बनाउछ । यसपटक पनि सम्भावना थियो । तर फेरि असफल भयौं । राष्ट्रिय टोली मिस हुने गरेको जनाउँदै अनिलले भने, ‘यसपटक नेपालले साफ च्याम्प्यिनसिप खेलेको टिभिमा हेरे । तर, खेल्न भन्दा हेर्न गाह्रो हुँदो रहेछ । डर लागेर आउने । ‘

एनआरटीमा रहँदै उनी इङ्ल्यान्डमा जाने अवसर जुट्नु आफ्नो लागि ठूलो उपलब्धी भएको मान्छन् ।’सहारा युके र सहारा क्लबको पहलमा म इङ्ल्यान्ड गए र त्यहाँ वकिङ एफसीमा ६ महिना प्रशिक्षण गर्ने मौका पाए । त्यहाको अभ्यासले मलाई खेल जीवनमा निकै सहज भयो । ‘त्यहाँबाट फर्केपछि उनको यात्रा भारततर्फ मोडियो ।

आइलिग टोली सिलोङ लाजोङमा आबद्ध भएपछि अनिलको चर्चा थप चुलिएको थियो । तीन वर्षपछि उनी स्वदेश फर्कदा ठूला स्टार भइसकेका थिए । फर्केर उनी पुनः मनाङमा आबद्ध भए । तर, आठ वर्ष लामो मनाङसँगको यात्रा उनले यसपटक टुंगाएका छन् । क्लबका केहि पदाधिकारीको अपमानका कारण आफुले क्लब छाड्न परेको अनिलले दुःख पोखे ।

‘म खेल जीवनको अन्त्य मनाङमा गर्छु भन्ने सोचमा थिए , उनले सम्झिए, तर केहि पदाधिकारीले अपमान गरे । मलाई हात हाल्ने सम्मको अवस्था बन्यो । त्यसैले मैले क्लब छाड्ने निर्णय गरे ।’ यो अपमानलाई सबैले थाहा पाउनुपर्छ भनेर सार्वजनिक गरेको उल्लेख गर्दै भने,’आउने खेलाडीले पनि सचेत हुनुपर्दछ । क्लबले पनि खेलाडीलाई गर्ने व्यवहार सिक्नुपर्दछ । ‘

थ्री स्टारको खेलाडी प्रतिको राम्रो व्यवहारकै कारण आफु त्यसमा आबद्ध भएको पनि उनले बताएका छन् ।’सिनियर खेलाडीलाई थ्री स्टारले सम्मान गरेको छ,’उनले थपे,’म त्यहि कारण यहाँ आएका हु । उनले आफु भन्दा कम उमेरका खेलाडीसँग पनि प्रतिस्पर्धाको लागि तयार रहेको जनाउँदै भने, फुटबल खेलाडीले धेरै मेहनत गर्नुपर्दछ । म त्यसको लागि तयार छु । मेहनत गरेर टोलीको पहिलो रोजाईमा पर्ने मेरो कोशिस हुनेछ ।’

अझै केहि वर्ष घरेलु फुटबलमा सक्रिय रहने र त्यसपछि भने फुटबल एकेडेमी सञ्चालनको योजना रहेको अनिलले सुनाए ।’अझै केहि वर्ष खेल्छु । त्यसपछि काठमाडौं वा पोखरामा एकेडेमी खोल्ने साथीहरुसँग सल्लाह छ,’उनले थपे,’फुटबलबाट अलग हुने सोच छैन । जहाँ हुन्छु फुटबलमै हुन्छु । ‘

अनिलसँगको अन्र्तवार्ता एक्सन स्पोर्टसको फेयर प्लेमा शनिबार दिउँसो ३ः३० बजे र पुनःप्रसारण साँझ ८ः०० बजे हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.