7 years ago
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व फिफा सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफुलाई अपमान गरेको आरोप लगाएका छन् । रेफ्री गिरीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिवर्तनको नारासहित एन्फाको नेतृत्वमा पुग्न सफल भएका पदाधिकारीको रवैयाका कारण विदेशी भुमिमा अपमानित हुनुपरेको बताउदै एन्फाले यो विषयमा आफुलाई अपमान गरेको आरोप लगाएका हुन् ।

‘फिफाको आयोजनामा थाइल्यान्डमा २०१८ ९ देखि १४ अक्टोवरसम्म कोर्स फर रेफ्री इन्स्ट्रक्टरमा म सहित सुरेन्द्र शिख्रकार र कल्पना शर्मा मनोनयन गरिएको थियो । यसबारेमा मैले एन्फाका प्रवक्ता किरण राईलाई पनि जानकारी गराएका थिए,’ रेफ्री गिरीले पत्रकार सम्मेलनमा भने, ‘फिफाकै खर्चमा म ८ अक्टोवरमा थाइल्यान्ड पुगे । त्यहा पुगेपछि एन्फाले अन्य तीन जनालाई सिफारिस गराएको जानकारी पाएपछि म अपमानित रुपमा फर्कनुपर्यो ।’
उनले थाइल्यान्डमा पुगेर पनि कोर्षमा सहभागिता जनाउन नपाउदा मैले अहिलेसम्म फुटबलमा गरेको कामको गरेको महसुस भएको र एन्फाकै जिम्मेवार पदाधिकारीले मलाई कोर्समा सहभागी नगराउनको लागि पत्र काटिएको थाइल्यान्ड पुगेर मात्रै थाहा पाएको बताए । उनले यो एन्फाको अपमानजनक कदम भएको र यसको विरोधमा लागि रहने बताए । फुटबल विकासका लागि गठन भएको एन्फा जस्तो जिम्मेवार निकाय र त्यसका पदाधिकारले पूर्वाग्रही रुपमा निर्णय गर्नु निन्दनिय कार्य रहेको भन्दै उनले एन्फाको घोर भत्र्सना गरे ।
नेतृत्व लिनका लागि परिवर्तनको नारा लिएका पदाधिकारीले व्यक्तिगत आग्रहकै आधारमा यसरी नै काम गर्दै जाने हो भने भविष्यमा फुटबलमा आउन चाहने व्यक्तिले १० पटक सोच्नु पर्ने अवस्था आउन सक्ने बताउदै यस्तो खालको घट्नाले नेपाली फुटबललाई घाटा हुने बताए । उनले आउने दिनमा एन्फा नेतृत्वले कुनै पनि खेलाडी, रेफ्री, प्रशिक्षक वा अन्य प्राविधिक व्यक्तिहरुलाई आग्रहका आधारमा नभई क्षमताका आधारमा व्यवहार गरोस् भन्ने यहि पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]