7 years ago
October 14, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता आयोजना हुने भएको छ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना हुने मिडिया कप कात्तिक १५ देखि १७ गते सम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
विवेचनाका समाचार सम्पादक तथा खेल संयोजक रमेश समदर्शी राईका अनुसार यसपटक नौ वटा सञ्चार गृहले भाग लिने प्रतियोगिता अर्जुनधारा ११ स्थित खेल मैदानमा हुने बताइएको छ । प्रतियोगितामा साविक विजेता सूर्योदय टेलिभिजन, उपविजेता यलम्बर टाइम्स , मेरो रेडियो, न्यु मेची टाइम्स, लोकतन्त्र पोष्ट, जनसंसद्, सनराइज एफएम, सप्तरंगी एफएम, आमसञ्चार अनलाइन, नेसनल मिडिया ग्रुप र आयोजक विवेचनाको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा झापा जिल्ला फुटबल संघ र झापा जिल्ला फुटबल रेफ्री संघको प्राविधिक सहयोग रहने विवेचनाका सम्पादक हिमाल खरेलले बताए । तिहारअघि हुने मिडिया कपको पुरस्कार राशि पनि यस वर्ष बढाइएको खरेलले बताए । उनका अनुसार यस वर्ष विजेताले नगद ३१ हजार र उपविजेताले १६ हजार पाउनेछन् ।
गत वर्ष २१ हजार र १५ हजार पुरस्कार रहेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मोबाइल र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विवेचना प्रकाशन समूहका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष तेजमणि प्रसाईं, प्रबन्ध निर्देशक सुमन शर्मा जम्मर कट्टेलले मिडिया कपका बारेमा प्रस्ट पारेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]