7 years ago
October 15, 2018
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राती इटालीले पोल्यान्डलाई १-० ले पराजित गरेको छ । यस पराजयसँगै ३ खेलमा १ अंक जोडेको पोल्यान्ड लिग ए बाट दोस्रो लिगमा झर्ने पक्का भएको छ ।

इटालीले प्रतियोगिताको पहिलो जित दर्ता गर्ने क्रममा मे महिनादेखि टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक रोबर्टो मान्चिनीले पनि पहिलो औपचारिक जित दर्ता गरे । इटालीको जितमा मार्क बिराघीले खेलको दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।
पहिलो हाफमा दुई पटक अग्रता लिन पोस्ट बाधक बनेको इटालीले निकै राम्रो खेल प्रदर्शन गरेको थियो । जितसँगै इटालीले ३ खेलमा ४ अंक जोडेको छ । यता पोर्चुगलले भने २ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्ने दावेदारी प्रस्तुत गरेको छ । इटालीले आइतबार गरेको प्रदर्शन पछिल्लो केहि वर्षयता सबैभन्दा राम्रो थियो । इटाली खराब प्रदर्शनका कारण विश्वकपमा छनोट भएको थिएन ।

‘हामीले खेलमा दबाब राख्यौं । पहिलो हाफमा नै अग्रता लिनुपर्ने थियो । तर त्यो सम्भव भएन । यदि खेल गोलरहित बराबरीमा सकिएको हुन्थ्यो भने हाम्रो लागि अन्याय नै हुन्थ्यो, प्रशिक्षक रोबर्टो मान्चिनीले भने,’ यो निकै राम्रो जित हो । हामीले अझै सुधार गर्ने ठाउँ छन् । हामीलाई अझै केहि समय चाहिन्छ ।’
पोल्यान्डले पोर्चुगलविरुद्ध पराजित टोलीबाट ६ खेलाडी परिवर्तन गरेको थियो । इटालीले भने युक्रेनविरुद्ध बराबरीमा रोकिएको टोलीलाई नै उतारेको थियो । पहिलो हाफमा जोर्गीन्हो र लोरेन्जो इन्सिगनेको प्रहार पोस्टमा लागेर फर्कंदा इटालीले अग्रता बनाउन सकेको थिएन । पोल्यान्डका गोलरक्षक वोजचिएक सेचेज्नीले पनि केहि राम्रो बचाउ गरे ।
भिडियो हेर्नुहोस :
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]