7 years ago
October 15, 2018
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले इंग्ल्यान्डका कप्तान ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने अभिव्यक्ति दिएका छन् ।

दुई पटक प्रिमियर लिगको गोल्डेन बुट जितिसकेका केनलाई पछिल्लो केहि सिजनयता रियल म्याड्रिडले पछ्याईरहेको छ । तर केनले भने टोटेनहम छाडेर कतै नजाने प्रष्ट पार्दै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि क्लबमा गोलको खडेरी नै परेको छ । रियलले पछिल्ला ४ खेलमा गोल नै गर्न सकेको छैन । यस्तो अवस्थामा केनको आगमन हुँदा रियललाई निकै फाइदा पुग्छ ।
यूईएफए नेसन्स लिग अन्तर्गत सोमबार स्पेन र इंग्ल्यान्ड भिड्दै छन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा स्पेनका कप्तान रामोसले विपक्षी कप्तानको प्रदर्शन र फर्मको प्रशंसा गरेका हुन् । ‘ केन एक शारीरिक रुपमा निपुण फरवार्डको ज्वलन्त उदाहरण हुन् । उनले आफ्नो शारीरिक बनावट र फुटबल स्किललाई उचित ढंगले प्रयोग गरेका छन् । उनले धेरै डिफेन्डरलाई छक्याएपनि मलाई भने त्यसो गर्ने छैनन्,’ रामोसले भने ।

‘इंग्ल्यान्ड टोलीमा केनसँगै अन्य खेलाडी पनि छन् । प्रिमियर लिग शारीरिक रुपमा निकै कठिन हुने भएकाले पनि इंग्लिस टोलीलाई फाइदा पुगेको छ । तर हामी पनि त्यसका लागि तयार छौं,’ कप्तान रामोसले थपे ।
रुसमा भएको विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट नै जितेका केनले राष्ट्रिय टोलीका लागि भने त्यसयता ६ खेलमा गोल गरेका छैनन् । क्लब स्तरमा लगातार गोल गर्दै टोलीलाई जित दिलाईरहँदा राष्ट्रिय टोलीमा भने सोहिअनुसार प्रदर्शन हुन सकेको छैन ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]