default_image

7 years ago

October 17, 2018

अर्जेन्टिनालाई हराउँदै ब्राजिललाई उपाधि

103 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ । यससँगै मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि ब्राजिलले जितेको छ ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध नेयमार, कोउटिन्हो र फिर्मिनोको आक्रामक जोडीले प्रभाव जमाउन सकेन ।

अर्जेन्टिनाले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन र एन्जल डे मारियालाई पनि विश्राम दिएको थियो । यसका बाबजुद रक्षात्मक रुपमा युवा टोलीले राम्रो प्रदर्शन गर्यो । ब्राजिलले भने खेल अवधिभर बिरलै राम्रो आक्रमण बुन्न सक्यो । युरोपमा नाम कहलिएका खेलाडीलाई मैदानमा उतारेको ब्राजिलले अर्जेन्टिनाको युवा टोलीलाई समस्या दिन सकेन ।

अर्जेन्टिनाका लागि फरवार्डहरुले उल्लेख्य आक्रमण गर्न नसके पनि डिबालाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो । त्यसअघि निकोलस ओटामेन्डीले मिरान्डाकै हेडरलाई गोललाइनबाट क्लियर गरेका थिए । अर्जेन्टिनाले विश्वकपपछि खेलेका चौथो खेलमा यो पहिलो हार हो । रुसमा खराब प्रदर्शन गरेपछि प्रशिक्षक बर्खास्तमा परेर लिओनेल स्कालोनीले टोलीलाई सम्हालिरहेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.