default_image

7 years ago

October 17, 2018

आर्थर : बार्सिलोनाले पाएको नयाँ जाभी

97 views

0 Bookmark

एजेन्सी – बार्सिलोनामा ब्राजिलियन खेलाडी अनुबन्धन गर्ने इतिहास निकै लामो छ । रोमारियो, रोनाल्डिन्हो, ड्यानी आल्भेस, नेयमार र कोउटिन्हो जस्ता सफल अनुबन्धनको सुचिमा अब मिडफिल्डर आर्थर पनि जोडिन लागेका छन् ।

आर्थर यसै सिजन ब्राजिलियन क्लब ग्रेमिओबाट बार्सिलोना आएका हुन् । उनले आश्चर्यजनक रुपमा युरोपेली फुटबलमा आफ्नो छाप बनाइसकेका छन् । उनको खेल्ने शैलीले बार्सिलोना समर्थकहरुलाई पूर्व मिडफिल्डर जाभीको याद दिलाएको छ । तर के उनले जाभीको स्थान लिन सक्लान् त ?

उनले बलसहित खेल्ने शैली विशेष नै छ । उनी बल पोसेसन हुँदा निकै शालीन देखिन्छन् । उनले बल पास गर्ने शैली निकै प्रभावशाली पनि छ । सत्य यहि हो कि जाभीलाई कसैले पनि प्रतिस्थापन गर्न सक्दैनन् । तर उनको जस्तै खेल्ने शैली र प्रभाव पार्न सक्ने खेलाडीले बार्सिलोनाको खेल्ने शैलीमा सघाउ भने पुर्याउँछ ।

एक नजरमा हेर्नेले उनलाई ला मासियाको उत्पादन भनेर ठान्न सक्छ । तर उनी ब्राजिलबाट आएका हुन् । बार्सिलोना र आर्थरको जोडी आफैं बनेको हो । उनको खेल्ने शैली हेर्दा उनको जन्म नै बार्सिलोनामा खेल्न भएको हो भन्ने लाग्छ ।

टोटेनहम हट्स्परविरुद्ध च्याम्पियन्स लिगमा उनले उत्कृष्ट प्रदर्शन गरे । उनको तथ्यांकले पनि खेलमा उनको भूमिका कतिको महत्त्वपूर्ण छ भन्ने प्रष्ट पार्छ । उनले ९१ प्रतिशत पास सफल बनाएका थिए भने मैदानमा भएका खेलाडीमध्य सबैभन्दा बढी ट्याकल पनि गरे ।

बार्सिलोनाले सिजनको सुरुवातमा भिडाललाई पनि अनुबन्धन गरेको थियो । त्यसैकारण आर्थरको नाम धेरै चलेको थिएन । तर अहिले मैदानमा गरेको प्रदर्शन हेर्दा भिडाल बेन्चमा बस्न बाध्य छन् । २२ वर्षको उमेरमा उनले मिडफिल्डमा आफ्नो स्थान पक्का गरेका छन् । अब उनले खेललाई निरन्तरता दिने हो भने उनको टोलीलाई एक दशकसम्म मिडफिल्डको समस्या सुल्झन्छ । चाहे त्यो बार्सिलोना होस् या ब्राजिलको राष्ट्रिय टोली नै ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.