7 years ago
October 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको नेसनल लिग क्लब पारो युनाइटेड फुटबल क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर प्रकाश बुढाथोकी बुधबारको खेलमा ‘म्यान अफ द म्याच’ भएका छन् ।

नेसनल लिग अन्तर्गत पारोले फुएन्तसोलिङ युनाइटेड फुटबल क्लबमाथि ६- १ को फराकिलो जित दर्ता गर्दा प्रकाशले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले खेलमा ८५ औं र ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाएका थिए ।
प्रकाशले ८५ औं मिनेटमा हेडरमार्फत टोलीका लागि पाँचौ गोल गरेका थिए । त्यसको तीन मिनेटमा नै प्रकाशले ६ यार्ड बक्सभित्र सहजै फिनिस गर्दै दोस्रो गोल गरे । त्यसअघि टोलीको अन्य गोलमा पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

जारी लिगमा पारो युनाइटेडको यो चौथो जित हो । टोलीले ७ खेलमा ४ जित र ३ हार बेहोरेको छ । अंक तालिकामा प्रकाशको टोली पारो युनाइटेड १२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको ट्रान्सपोर्ट युनाइटेड १३ अंकसहित शीर्ष स्थानमा छ । पारोले ट्रान्सपोर्ट युनाइटेडलाई यसअघि ३-२ ले पराजित गरेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]