default_image

7 years ago

October 18, 2018

बार्सिलोनाले तोडेको सपना

102 views

0 Bookmark

एजेन्सी – स्पेनी राष्ट्रिय टोलीबाट तीन गोल र बोरुसिया डर्टमुन्डबाट सात गोल । बार्सिलोना छाडेर सिजनको सुरुवातमा लोनमा जर्मन क्लब पुगेका फवार्ड पाको अल्कासेरको मुहारमा फेरी हाँसो छाएको छ ।

सन् २०१६ मा भ्यालेन्सिया छाडेर बार्सिलोना पुगेका अल्कासेरले त्यसयता ५० खेल खेले । त्यसमध्ये २२ खेलमा मात्र उनी सुरुवाती ११ मा पर्न सफल रहे । उनले दुई सिजनमा जम्मा १५ सय मिनेट खेल्न पाए । भ्यालेन्सियाबाट बार्सिलोना पुग्दा निकै आशालाग्दो करिअर बोकेका अल्कासेरको भूमिका वैकल्पिक खेलाडीभन्दा माथि उठ्न सकेन ।

क्याटलान क्लबमा खेल्ने मौका नपाउँदा उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउन छाडे । त्यसअघि उनी राष्ट्रिय टोलीमा पनि पर्ने गर्दथे । पछिल्लो सिजन पनि उनले राम्रो प्रदर्शन गर्दागर्दै नियमित खेल्न पाएनन् । त्यसैले यस सिजनको सुरुवातमा उनले क्लब छाड्ने नै निर्णय लिए ।

‘ म फुटबल खेल्दा खुसी हुन चाहन्छु । त्यसैले मैले बार्सिलोना छाड्नु जरुरि थियो,’ अल्कासेरले भने । उनी एक्लै भने छैनन् । अन्य यस्ता खेलाडी छन् जसले स्तर र कला हुनुका बाबजुद बार्सिलोनामा खेल्न नपाएर आफ्नो करिअर बर्बाद गरिरहेका छन् । थियागो अलाकान्ट्रा पनि त्यसैको शिकार बनेका थिए । उनले क्लब छाडेपछि अहिले बायर्न म्युनिखमा नियमित खेल्छन् भने स्पेनी राष्ट्रिय टोलीको पनि पहिलो रोजाइमा पर्दै आएका छन् ।

विगतमा थियागो मोटा र क्रिस्टियन टेलोले पनि सोहि किसिमको अभिव्यक्ति दिए । एक समय मार्क बार्टरालाई निकै सम्भावना बोकेका डिफेन्डरको रुपमा हेरिएको थियो । तर क्याम्प नोउमा मौका नपाउँदा उनी डर्टमुन्ड हुँदै अहिले बेटिसमा खेलिरहेका छन् । उनले आफ्नो खेललाई पनि सुधार गरेका छन् र राष्ट्रिय टोलीमा परेका छन् ।

गोलरक्षकको स्थानमा पनि त्यस्तै अवस्था छ । लामो समय वैकल्पिक खेलाडीको रुपमा रहेका ओइएर ओलाजाबाल र जोर्डी मासिप पनि क्लब छाडेपछि ला लिगाकै अन्य क्लबमा पहिलो रोजाईका रुपमा खेलिरहेका छन् । बार्सिलोनाले जसरी कतिपय खेलाडीको करिअर बनाएको छ त्यसक्रममा धेरै खेलाडीको बिगारेको पनि छ । मौका नपाउँदा खेलाडीले क्लब छाड्दै पश्चाताप गर्नुको विकल्प रहन्न ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.