default_image

6 years ago

October 18, 2018

‘मेसी र बार्सिलोनासँग सेभिल्ला डराउँदैन’ – डिफेन्डर सिमोन केएर

49 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको सेभिल्लाका डिफेन्डर सिमोन केएरले आफ्नो टोली लिओनेल मेसी र बार्सिलोनासँग नडराउने बताएका छन् । शनिबार हुने ला लिगाको खेलमा बार्सिलोना र सेभिल्ला भिड्दैछन् ।

लिगको आठ खेल सकिंदा बार्सिलोना सेभिल्लाभन्दा १ अंक पछाडी दोस्रो स्थानमा छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा सेभिल्ला राम्रो लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । जारी लिगमा बार्सिलोनाले मात्र सेभिल्लाभन्दा बढी गोल गरेको छ । सेभिल्लाले लिगमा ५ जित दर्ता गरेको छ । यसमा पछिल्लो महिना रियलमाथि ३-० को फराकिलो जित पनि संलग्न छ ।

बार्सिलोना कप्तान लिओनेल मेसीले सिजनको सुरुवात राम्रो ढंगले गरेका छन् उनले लिगमा ६ गोलसहित सबै प्रतियोगिता गरेर कुल ११ गोल गरिसकेका छन् । तर सेभिल्लाका डिफेन्डर सिमोन केएरले पाँच पटक ब्यालोन डी’ओर जितेका मेसी र उनको सहकर्मीसँग सेभिल्ला नडराउने बताएका छन् । उनले लिगको साविक विजेता भएपनि बार्सिलोनालाई सहज खेल्न नदिने बताएका छन् ।

‘मेसीलाई व्याख्या गर्न शब्द छैन । उनी निकै उत्कृष्ट खेलाडी हुन् । यदि उनले आफ्नो लय समातेर खेले भने रोक्न निकै कठिन हुन्छ,’ केएरले भने, ‘ मेसीलाई मार्क गर्न सकिन्न । यदि मेसीलाई मार्क गर्ने प्रयास गर्यो भने बार्सिलोनाका अन्य खेलाडीले खालि ठाउँको फाइदा उठाउँछन् । बार्सिलोनालाई संयुक्त रुपमा योजना बनाएर मात्र रोक्ने प्रयास गर्न सकिन्छ ।’

‘ हामीले मेसीविरुद्ध खेल्दा उनले आफ्नो उत्कृष्ट प्रदर्शन नगरुन भन्ने आशा गर्ने हो । फुटबलको सुन्दरता भनेकै उत्कृष्ट खेलाडी र उत्कृष्ट टोलीलाई हराउने प्रयास गर्ने हो । जित हात पार्दा निकै खुसी मिल्छ,’ केएरले भने ।

सेभिल्लाले सन् २०१५ देखि बार्सिलोनालाई हराउन सकेको छैन । यसअघिका दुई खेलमा पनि बार्सिलोनाले सेभिल्लालाई लगातार हराएको छ । सेभिल्लाले पछिल्लो पटक क्याम्प नोउमा सन् २०१० मा पेप गुआर्डीओला प्रशिक्षक छँदा जितेको थियो ।

केएरले डर लिएर त्यस मैदानमा उत्रने हो भने हारभन्दा अर्को नतिजा नआउने बताए । ‘डर मानेर क्याम्प नोउमा छिर्यो भने नराम्रो हार बेहोर्न बाध्य हुन्छौं । त्यसैले एकतृत भएर अगाडी बढ्नुपर्छ । हामीले आफूमा विश्वास राखेर विपक्षीलाई सम्मान गर्दै उत्रनु पर्छ,’ उनले थपे, ‘ हामीले उनीहरुलाई लय समाउन नदिन आफ्नो उच्च प्रदर्शन गर्ने हो । रक्षात्मक फुटबल खेलेर नतिजा प्राप्त हुँदैन । हामी बार्सिलोनाविरुद्ध आक्रमण नै गर्नेछौं ।’

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.