default_image

7 years ago

October 19, 2018

विश्वका चर्चित शुद्ध शाकाहारी फुटबल खेलाडीहरु

107 views

0 Bookmark

एजेन्सी – खेलाडीको जीवनमा खानपिनको भूमिका ठूलो हुन्छ । खेलाडीको शरिरमा आवश्यक पोषक तत्व प्राप्त गर्न उचित खाना खानुपर्छ ।  खेलअनुसार खानपिनमा फरक फरक खानेकुरा र शैली हुन्छन् ।

सामान्यतया खेलाडीहरु मासु र अण्डा खाएर पोषक तत्व प्राप्त गर्ने गर्छन् ।  तर केहि यस्ता खेलाडी छन् जो शुद्ध शाकाहारी पनि छन् ।  तीनले पनि आफ्नो डाइट सन्तुलन गर्न तरकारी र अन्य शाकाहारी खाना खान्छन् । ५ यस्ता फुटबलर जसले शाकाहारी भएर पनि सफलता हात पारिरहेका छन् :

५. फाबियन डेल्फ – म्यानचेस्टर सिटी

सन् २०१७ को अन्त्यतिर डेल्फ शाकाहारी भएका हुन् ।  त्यसयता उनले आफ्नो शरीरमा व्यापक परिवर्तन आएको बताएका छन् ।  उनले क्लब फुटबलमा सफलता हात पार्दै राष्ट्रिय टोलीमा पनि नियमित स्थान बनाउँदै आएका छन् । ‘ म शाकाहारी बनेसँगै मेरो शरीरमा सकारात्मक परिवर्तन आएको अनुभव गरेको छु ।  मैले आफूलाई पहिलेभन्दा बलियो महसुस गरेको छु,’ डेल्फले भने ।

४. जर्मेन डेफो – एएफसी बर्नमाउथ

डेफोले करिअरको सुरुआतमै शाकाहारी हुने निर्णय गरेका थिए ।  उनले आफ्नो चोटरहित करिअरको मुख्य कारक नै शाकाहारी हुनुलाई भनेका छन् ।  ३६ वर्षको उमेरमा पनि प्रिमियर लिगमा उनी लगातार खेलिरहेका छन् ।  उनी छिट्टै नै प्रिमियर लिगमा ५ सय खेल खेल्ने तरखरमा पनि छन् । उनी शाकाहारी बनेर स्वस्थ रहेको देखेर नै डेल्फले पनि उनको डाइट पछ्याएका हुन् ।

३. हेक्टर बेलेरिन – आर्सनल

बेलेरिन विश्वकै सर्वाधिक छिटो कुद्ने खेलाडी मध्यमा पर्छन् । उनको लगातार राम्रो प्रदर्शनका कारण बार्सिलोना र बायर्न म्युनिख पनि उनको पछाडी लागेका छन् । केहि समयका लागि शाकाहारी बनेका बेलेरिनले शरीरमा एको परिवर्तनदेखि खुसी भएर अहिले पूर्णत शाकाहारी हुने निर्णय लिएका हुन् । ‘सुरुवातमा मैले परिक्षण गर्न चाहेको थिएँ । तर आफूमा आएको सकारात्मक परिवर्तनले मैले सदाको लागि शाकाहारी हुने निर्णय लिएँ,’ बेलेरिनले भने ।

२. सर्जियो अगुएरो – म्यान्चेस्टर सिटी

अगुएरो विश्वकै सर्वश्रेष्ठ फरवार्डको सुचिमा पर्छन् । म्यान्चेस्टर सिटीका सर्वाधिक गोलकर्ता अगुएरोले पछिल्लो ७ वर्षमा ३ पटक लिग उपाधि जितेका छन् । उनले सबैखाले प्रतियोगितामा लगातार गोल गरिरहेका छन् । सन् २०१८ को विश्वकपको तयारीमा हुँदा अगुएरोले शाकाहारी बन्ने निर्णय लिए । त्यसपछि आफ्नो प्रदर्शनमा सुधार आएपछि उनले शाकाहारी नै बन्ने निर्णय लिएका छन् ।

१. लिओनेल मेसी – बार्सिलोना

Messi barcelona

विश्व फुटबलमा मेसीको परिचय थाहा नहुने सायदै कोहि होलान । तर यी सुपरस्टार शाकाहारी हुन् भन्ने कमैलाई थाहा होला । आफ्नो करिअरमा बिरलै घाइते भएका मेसीले थुप्रै विपक्षी फलको सामना गर्ने गरेका छन् । उनले गतवर्ष परिक्षणका रुपमा शाकाहारी हुने निर्णय लिएका थिए । तर यस समयमा ३ किलो तौल घट्नुका साथै गतिमा पनि तीव्रता आएपछि उनले यसैलाई निरन्तरता दिएका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.