default_image

7 years ago

October 19, 2018

एटलेटिकोले नैकापमा एस्ट्रो टर्फ मैदान बनाउन सहयोग गर्ने

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले नैकापस्थित निर्माणाधीन फुटबल मैदान बनाउन सहयोग गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एटलेटिको म्याड्रिड फाउन्डेसन र बीबी फाउन्डेसनमार्फत वेस्ट काठमाडौं फुटबल क्लबबीच भएको सम्झौता अनुसार एटलेटिकोले एस्ट्रो टर्फ मैदान बनाउन सहयोग गर्ने भएको हो ।

एटलेटिकोले नेपालको फुटबल विकासमा तल्लो तहदेखि नै लाग्ने लक्ष्यसहित चन्द्रागिरी नगरपालिका-१४ को वेस्ट काठमाडौं फुटबल क्लबसँग शुक्रबार सम्झौता गरेको छ । गैरआवासीय नेपाली (एनआरएन) का अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बीबी फाउन्डेसनको सहयोगमा सम्झौता भएको हो । यस सम्झौताअनुसार एटलेटिको म्याड्रिडले पहिलो वर्ष वेस्ट काठमाडौंका ८० खेलाडीलाई प्रशिक्षण तथा खानपिनको व्यवस्था गर्नेछ । यसका लागि आवश्यक खेल सामग्री पनि एटलेटिकोले प्रदान गर्नेछ ।

सम्झौतामा उल्लेख भए अनुसार एटलेटिकोले स्पेनबाट प्रशिक्षक ल्याएर नेपालमा प्रशिक्षण दिने, नेपाली प्रशिक्षकलाई स्पेन लगेर कोर्ष गराउने तथा यहाँका उत्कृष्ट खेलाडीलाई एटलेटिको म्याड्रिडको एकेडेमीमा प्रशिक्षणको व्यवस्था मिलाउनेसम्मका कार्यक्रम रहेका छन् । एटलेटिकोका अन्तर्राष्ट्रिय एकेडेमी विकास निर्देशक फर्नान्डो लोबेटेले नैकापस्थित खेलमैदान स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडी चाल्ने बताए । उनले उक्त मैदानलाई एस्ट्रो टर्फ हालेर स्तरोन्नति गर्ने लक्ष्य रहेको पनि बताए ।

लोबेटेले एटलेटिको र वेस्ट काठमाडौंको सहकार्य लामोसमयसम्म चल्ने बताए । ‘ हामी धेरै ठाउँमा हात हालेर कम काम गर्ने हैनौं । बिरलै कुनै कार्यमा लाग्छौं र लागेपछि त्यसको प्रतिफल पाएपछि मात्र खुसी हुन्छौं । हामीले यस कार्यक्रमलाई निकै गम्भीरता पूर्वक ढंगले लिएका छौं । नेपाली पक्षबाट पनि निकै राम्रो साथ पाइरहेका छौं,’ उनले भने ।

कार्यक्रममा एनआरएनका अध्यक्ष भट्टले यस कार्यक्रमले नेपाली फुटबल विकासमा आमुल परिवर्तन ल्याउन सक्ने बताए । उनले यस्ता अवसर सिर्जना गर्न एनआरएन सधैं सकारात्मक रहेको बताए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.