7 years ago
October 20, 2018
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार आइनट्राक्ट फ्रान्कफर्टले फोर्तुना डसलडर्फलाई ७-१ ले पराजित गर्दा फरवार्ड लुका जोभिच एक्लैले ५ गोल गरेका छन् ।

लिगमा तेस्रो पटक पहिलो रोजाइमा परेका जोभिचले उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई साविक विजेता बायर्न म्युनिखभन्दा माथि छैटौं स्थानमा पुर्याए । खेलको २६ औं मिनेटमा एक्रोब्याटिक प्रहारमार्फत उनले गोलको खाता खोलेका थिए । लगत्तै पहिलो हाफको अन्त्यतिर उनले दोस्रो गोल गरे ।
दोस्रो हाफको १० मिनेटमा जोभिचले ह्याट्रिक पुरा गरे । खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै उनले इतिहासमा नाम लेखाए । २० वर्ष ३ सय दिनको उमेर रहेका जोभिच लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
जर्मन लिगको शीर्ष स्थानमा बोरुसिया डर्टमुन्ड ७ खेलमा १७ अंक बोकेर बलियो पकड बनाउन सफल रहेको छ । आरबी लाइप्जिग, बोरुसिया मोन्चेनग्लाडबाक, वेर्डर ब्रेमेन र हर्था बर्लिनको समान १४-१४ अंक छ । फ्रान्कफर्ट र बायर्नको समान १३ अंक भएपनि गोल अन्तरमा फ्रान्कफर्ट अगाडी रहेको हो । बायर्न लिगको सातौं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]