7 years ago
October 20, 2018
टुरिन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका क्रिस्टियानो रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका छन् । जारी खेलमा रोनाल्डोको गोलमा युभेन्ट्स १-० ले अगाडी छ ।

यो गोलसंगै रोनाल्डोको लिगमा ४ सय गोल पुरा भएको छ । युरोपको शिर्ष ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडबाट ८४, ला लिगामा रियल म्याड्रिडबाट ३ सय ११ र युभेन्टसबाट ५ गोल गर्दै ४ सय गोल पुरा गरेका हुन्। उनले खेलको १८ औं मिनेटमा नटमेगबाट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका हुन् ।
रोनाल्डोले युभेन्टसमा प्रवाभ बनाउँदै गर्दा उनको पूर्व क्लब रियल भने हाल ला लिगामा सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । लेभान्तेसँग घरेलु मैदानमा पराजित रियल अंक तालिकाको पाँचौ स्थानमा छ । रोनाल्डोलाई पछ्याउँदै गरेका बार्सिलोनाका स्टार लियोनल मेस्सीको नाममा भने ३ सय ८९ गोल छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]