default_image

7 years ago

October 21, 2018

सेभिल्लालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

114 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । कप्तान लिअोनेल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरेका थिए । १२ अौं मिनेटमा कप्तान मेसीले नै अग्रता दोब्बर पारे । उनले अर्का फरवार्ड लुइस सुअारेजको पासमा कुनै गल्ती गरेनन् । पहिलो हाफमा केहि थप अवसर सिर्जना गरेपनि बार्सिलोना अग्रता बढाउन असफल रह्यो ।

खेलको २६ औं मिनेटमा बार्सिलोनालाई ठूलो धक्का लाग्यो । फ्रान्को भाज्केज र लिओनेल मेसी बलको लागि जुध्दा लड्ने क्रममा मेसीको हातमा चोट लाग्यो । लगत्तै मेसीको स्थानमा ओस्मान डेम्बेले मैदान प्रवेश गरे । मेसीको अनुपस्थितिका बाबजुद पनि बार्सिलोनाले सेभिल्लालाई कमै मौका दिएको थियो ।

दोस्रो हाफको ६३ औं मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाई ३-० ले अगाडी पुर्याए । गोलरक्षक टोमस भाक्लिकको गल्तीमा सुआरेजले प्राप्त पेनाल्टीलाई सहजै गोल गरे । ७९ औं मिनेटमा पाब्लो सराबियाले सेभिल्लाक लागि गोल फर्काए । इभान राकीटिचले ८८ औं मिनेटमा गोल गर्दै पुन ३ गोलको अग्रता कायम गरे  । अन्तिम मिनेटमा सेभिल्लाका लुइस मुरिएलले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ । दोस्रो स्थानको अलाभेसले ९ खेलमा १७ अंक तथा तेस्रो र चौथो स्थानका सेभिल्ला र एटलेटिको म्याड्रिड समान १६ अंकमा छन् । रियल म्याड्रिड १४ अंकसहित पाँचौ स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.