7 years ago
October 21, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लिओनेल मेसी घाइते भएका छन् । खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो ।

बार्सिलोनाका अनुसार ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ । उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का भएको छ । मेसीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल पनि गुमाउनेछन् । मेसी बल खोस्ने क्रममा लडेपछि ज्यानको पुरा बल हातमा राख्दै लडेका थिए ।
मेसीले सेभिल्लाविरुद्ध खेलको २६ मिनेटभित्र नै एक गोल र एक असिस्ट दिएका थिए । उनले सिजनको सुरुवात पनि उत्कृष्ट ढंगले गरेका थिए । उनले १२ खेल खेल्दै १२ गोल गरिसकेका छन् । मेसीलाई मैदानमा ठिक हुने प्रयासमा बार्सिलोनाका फिजियोले ब्यान्डेज लगाएका थिए । तर अत्यधिक दुखाइका कारण मेसीले खेल्न सकेनन् । उनको स्थानमा ओस्मान डेम्बेले मैदान प्रवेश गरेका थिए ।
मेसी मैदानबाट बाहिरीएपछि लुइस सुआरेजले बार्सिलोनाको आक्रमण सम्हाल्ने जिम्मेवारी लिएका थिए । उनले त्यसक्रममा एक गोल पनि गरे । पछिल्लो ६ खेलमा गोल गर्न नसकेका सुआरेजले मेसीको अनुपस्थितिको कमि खड्कन नदिन अब यसै प्रदर्शनलाई निरन्तरता दिनुपर्ने छ ।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]